Alag Dhar

जनयुद्ध दिवसको अवसरमा निशुल्क स्वास्थ्य शिबिर, ३ सय ४० जनाले सेवा पाए

३० औँ जनयुद्ध दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिकाले निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । उक्त शिविरबाट झण्डै तीन सय जनाले सेवा पाए ।
शहीदहरूको गाउँ भनेर चिनिने सिन्धुपाल्चोकको कुबिण्डेका स्थानीयले आफनै घर आँगनमा जनयुद्ध दिवसको अवसरमा निशुल्क स्वास्थ्य सेवा पाएका हुन् । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट जनमुक्तिीका लागि जनयुद्धको शंख घोष गरेको थियो । सोही बेलादेखि फागुन १ गतेलाई हरेक बर्ष जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । यस दिनमा हालको माओवादी घटकका पार्टीहरुले बिभिन्न कार्यक्रम गरि मनाएको छ ।

२०७२ सालको संबिधान र जनस्वास्थ्य सेवा नियमावली २०७७ मा स्थानीय सरकारलाई आधारभूत स्वास्थ्य सेवाको लागि मात्र अधिकार दिएपनि संघीयताको मर्म अनुसार प्रदेश सरकारसंग समन्वय गरि बिशेषज्ञ सेवा समेत उपलब्ध गराएको छ । समन्वय र सहकार्यको बलियो उदाहरण शिविरमा प्रस्तुत भएको छ । प्रदेश सरकार मातहत रहेको चौतारा अस्पताल र चौतारा साँगाचोकगढी नगरपालिकाको स्वास्थ्य कर्मी हरुले सेवा प्रदान गरेका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर ४ को व्यवस्थापनमा भएको शिबिर प्रभावकारी रुपमा सञ्चालित भएको थियो । आफ्नै गाउँमा सेवा पाउने भएपछि स्थानीयहरु बिहान घरको भाइभैसी र बाख्रालाई घाँस पानी गरेर शिविरमा सेवा लिन सहभागि भएका थिए ।

शिविरमा नेकपा ( माओवादी केन्द्र ) का केन्द्रिय सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले अघिल्लो बर्ष जनयुद्ध दिवसको अवसरमा नगरले बिदा दिएको बताए । यसवर्ष रचनात्मक भएर जनसेवाको लागि शिबिर गर्ने निधो गरिएको अभिव्यक्त गरे ।

त्यस्तै संघिय सांसद माधव सापकोटा सुबोधले समाजवादको यात्रामा अघि बढ्ने क्रम अनुरुप स्वास्थ्य शिबिर एक भएको टिप्पणी गरे । उनले अहिले हामी समाजबादी राज्य व्यवस्थाको लागि अथक प्रयास गरिरहेका छौँ भन्दै त्यसमा स्थानीय र प्रदेश सरकारले रचनात्मक भएर संघिय सरकारसंग समन्वय गदै अघि बढ्नुपर्ने औल्याए ।
शिविरमा जनरल फिजिसियन सेवा, दन्त सेवा, छाला तथा हाडजोर्नी सेवा, आँखा, महिलाको बिभिन्न सेवा लगायतमा २ सय ५६ जना महिला र ८४ जना पुरुष गरि जम्मा ३ सय ४० जनाले सेवा पाएका छन् ।

जसमा मधुमेह परिक्षण २ सय ८८ जना, सामान्य चिकित्सा २ सय ७ जना, हाडजोर्नी ७८ जना, भिआईए सेवा ६० जना, क्षयरोग परिक्षण ७३ जना, आँखा परिक्षण ८५ जना, भिडियो एक्सरे ६ जना र दन्त सेवा ३७ जनाले लिएको चौतारा साँगाचोकगढी नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताए ।

मुख्य समाचार

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

तीन सय २५ को स्वास्थ्य परीक्षण: २० जनामा क्यान्सर

उक्त परीक्षणबाट स्तनका आठ, पाठेघरको मुखको क्यान्सर छ र नाक, कान, घाँटीसम्बन्धी छ जनामा क्यान्सर देखिएको शिविरका डा अस्मिता राणाल...
आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विव...
मेचीनगरमा हात्ती र चितुवाको त्रास

मेचीनगरमा हात्ती र चितुवाको त्रास

झापा । बुद्धशान्ति र मेचीनगरमा हात्ती र चितुवा दिनैपिच्छे मानव बस्तीमा आउन थालेपछि जनजीवन त्रसित भएको छ । बुद्धशान्ति गाउँपालिक...
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ९३ सवारी चालक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९९ हजार ५०२...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.