Alag Dhar

चाडपर्वमा यात्रुको सहजीकरणका लागि सहायता कक्ष स्थापना

मकवानपुर । जिल्ला सदरमुकाम धादिङबेसीस्थित पुछारबजारमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धादिङले यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था गर्न नागरिक सहायता कक्ष स्थापना गरेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले बताउनुभयो ।

प्रहरी उपरीक्षक रिजालका अनुसार यात्रा गर्ने क्रममा नागरिकले सवारी सञ्चालकबाट गरिएका लापरबाहीसहित यात्राका क्रममा हुनसक्ने झै–झगडा, चोरी, लुटपाट, दुव्र्यवहार, ठगीलगायतका विषयमा पनि उजुरी समेत गर्ने व्यवस्था गरिएको छ ।

चाडपर्वका बेला हुनसक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । जिल्लामा चाडपर्वको समयमा सवारीसाधनले अव्यवस्थित रूपमा यात्रु ओसारपोसार गर्ने गरेका छन् । यसले दुर्घटनाको जोखिम बढाउने भएकाले कक्ष स्थापना गरिएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.