Alag Dhar

Day: २०८२ आश्विन ७, मंगलवार १२:१७

तुइनखेलामा पहाडै खस्यो, यातायात बन्द

तुइनखेलामा पहाडै खस्यो, यातायात बन्द

मकवानपुर । मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइनखोलमा पुन पहिरो अएपछि अवरुद्ध भएको छ। धादिङको जवाङ पहिरोले राति १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग अपराह्न ३ बजेबाट सञ्चालनमा आएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो। धादिङतर्फ सञ्चालनमा ल्याइएको छ तर मुग्लिन नारायणगढको तुइनखोलमा पुन ठुलो पहिरो आएपछि अवरुद्ध भएको छ। मङ्गलबार दिउँसो १२ बजे ठुलो पहिरो आएपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको नेपालले जानकारी दिनुभयो। गन्तव्यमा जान वैकल्पिक बाटो अपनाउन उहाँले अनुरोध गर्नुभएको छ। गएको दिनमा भन्दा अहिले झरेको पहिरो जोखिम रहेकाले पन्छाउन कठिन भइराखेको…
Read More
भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्छ : महामन्त्री शर्मा

भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्छ : महामन्त्री शर्मा

मकवानपुर । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान सदस्य विश्वप्रकाश शर्माले कुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्ने बताउनु भएको छ। भ्रष्टाचारविरुद्ध अभियान चलाउन र कार्वाही गर्नका लागि यसभन्दा अघि पनि आफूले बारम्बार आवाज उठाएको बताउँदै यसमा आफूहरुको सहयोग रहने जनाउँदै यस्तो बताउनु भएको हो। मंगलबार धुलाबारीस्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्रष्टाचारविरुद्ध संसदमै आफूले फाइल खोल्नु मात्र होइन, ‘फायर गर्नुपर्छ’ भनेर भनेको स्मरण गर्नुभयो। अहिलेसम्म बाहिर आएका सबै प्रकरणमा छानबिन गर्नुपर्नेमा उहाँको जोड रहेको थियो। जेएनजी समूहले राखेको माग र उठाएका मुद्दा सकारात्मक रहेको…
Read More
भू–उपयोग नियमावली संशोधन अघि बढाइने : मन्त्री सिन्हा

भू–उपयोग नियमावली संशोधन अघि बढाइने : मन्त्री सिन्हा

काठमाडौँ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू–उपयोग नियमावली संशोधनको प्रक्रियाअघि बढाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै भूमि व्यवस्थामन्त्री सिन्हाले हालसम्म भूमि सुधारका क्षेत्रमा थुप्रै काम भए तापनि कित्ताकाट रोकिएका कारण विकाससम्बन्धी काम प्रभावित भएकाले सहजीकरणका पक्षमा संशोधन गरिएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “विशेषगरी कित्ताकाट रोकिएको विषय, विकास आयोजनाका लागि जग्गा प्राप्तिसम्बन्धी विषय र कृषियोग्य जमिनको संरक्षण तथा सदुपयोलगायतका विषयलाई प्राथमिकतामा राखी भू–उपयोगसम्बन्धी ऐन तथा नियमावली संशोधन गर्न आवश्यक छ ।” मन्त्री सिन्हाले स्थानीय तहलाई दिइएको अधिकार पर्याप्त नभएकाले केन्द्रबाट आवश्यक सहजीकरण गर्नुपर्ने धारणा राख्दै देश र जनतालाई केन्द्रमा राखेर वैज्ञानिक…
Read More
लागूऔषध गाँजासहित मकवानपुरका रमेश बाराबाट पक्राउ

लागूऔषध गाँजासहित मकवानपुरका रमेश बाराबाट पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १ बजेको समयमा विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ मा रहेको चेक पोईन्टस्थित मकवानपुरबाट वीरगंजतर्फ जाँदै गरको बा २ ख ९५६९ नम्बर मिनि ट्रकलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद गरेको थियो । प्रहरीले मिनि ट्रकलाई सुरक्षाजाँच गर्दा ट्रकको छतमाथि सिलिङमा फल्सबटम बनाई प्लाष्टिकले लुकाई छिपाई राखीएको अवस्थामा २ सय ३६ किलो ७५० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहित ट्रक चालक मकवानपुरको कैलाश गाँउपालिका–१० का ३८ वर्षीय रमेश रुम्बालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी…
Read More
स्वास्थ्य सेवा पहुँचका लागि कदम: ३५ दुर्गम गाउँपालिकालाई एम्बुलेन्स वितरण

स्वास्थ्य सेवा पहुँचका लागि कदम: ३५ दुर्गम गाउँपालिकालाई एम्बुलेन्स वितरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले जानकारी दिए । काठमाडौं महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले धारणा राखेका छन् । महानगरपालिकाले वितरण गरेका एम्बुलेन्स ग्रहण गर्न आज राष्ट्रिय सभागृहमा आएका उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ भन्छन्– हाम्रा लागि यो ठुलो सहयोग हो। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले भने– यो जनता–जनताबिचको मधुर सम्बन्ध…
Read More
दसैँ यात्रुका लागि मौसम पूर्वानुमान: आगामी ३ दिनको यस्तो हुनेछ अवस्था

दसैँ यात्रुका लागि मौसम पूर्वानुमान: आगामी ३ दिनको यस्तो हुनेछ अवस्था

मकवानपुर । दसैँको चहलपहलसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या निकै बढेको छ। तर, मनसुनको सक्रियता कायमै रहेकाले वर्षा र पहिरोका कारण यात्रामा ढिलाइ वा अवरोध आउन सक्ने सम्भावना छ। दसैँको अवसरमा घर फर्कने यात्रुहरूको संख्यामा तीव्र वृद्धि हुने भएकाले मौसम पूर्वजानकारी अत्यन्त आवश्यक हुने विज्ञहरूले बताउँदै आएका छन्। यसै सन्दर्भमा, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसमसम्बन्धी जानकारी दिएका छन् । आज दिउँसो (मंगलबार): देशभर भारी वर्षाको सम्भावना कम छ। कोशी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ। तराईका एक-दुई स्थानमा भने मध्यम वर्षाको सम्भावना छ। यद्यपि, कोशी…
Read More
चाडपर्वमा यात्रुको सहजीकरणका लागि सहायता कक्ष स्थापना

चाडपर्वमा यात्रुको सहजीकरणका लागि सहायता कक्ष स्थापना

मकवानपुर । जिल्ला सदरमुकाम धादिङबेसीस्थित पुछारबजारमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुको चापलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धादिङले यात्रु सहायता कक्ष स्थापना गरेको हो । चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था गर्न नागरिक सहायता कक्ष स्थापना गरेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालले बताउनुभयो । प्रहरी उपरीक्षक रिजालका अनुसार यात्रा गर्ने क्रममा नागरिकले सवारी सञ्चालकबाट गरिएका लापरबाहीसहित यात्राका क्रममा हुनसक्ने झै–झगडा, चोरी, लुटपाट, दुव्र्यवहार, ठगीलगायतका विषयमा पनि उजुरी समेत गर्ने व्यवस्था गरिएको छ । चाडपर्वका बेला हुनसक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सहायता…
Read More
कास्की कारागार : फर्किए चार सय कैदीबन्दी, तीन सय ६९ फरार

कास्की कारागार : फर्किए चार सय कैदीबन्दी, तीन सय ६९ फरार

मकवानपुर । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट निस्किएका ४७ प्रतिशत कैदीबन्दी अझै फर्किएका छैनन्। भदौ २४ गते साँझ कारागार खाली गरी बाहिरिएकामध्ये मङ्गलबारसम्म चार सय चार कैदी, बन्दी फर्किएका छन्। सात सय ७३ कैदीबन्दी रहेकोमा अझै तीन सय ६९ जना फरार छन्। कास्की कारागारबाट फरार भएका केही कैदी, बन्दी राजधानी र आसपासका जिल्लाबाट पक्राउसमेत परेका थिए। कारागार प्रमुख राजेन्द्र शर्माले धेरैजसो कैदीबन्दी आफैं फर्किएको र फर्किने क्रम जारी रहेको जानकारी दिनुभयो। “धेरैजसो आफैँ फर्किनुभएको छ, बाँकीलाई फर्किन कारागार व्यवस्था विभागले अनुरोध गरिसकेको हो,” उहाँले भन्नुभयो। कास्की कारागारमा महिलाका लागि एउटा र पुरुषका लागि दुई वटा ब्लक छन्। महिलाको ब्लकमा ३५…
Read More
हजार रुपियाँको झगडापछि भाउजूमाथि एसिड प्रहार

हजार रुपियाँको झगडापछि भाउजूमाथि एसिड प्रहार

मकवानपुर । रकम लेनदेनको विषयमा भएको विवादलाई लिएर विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्। विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई एसिड प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ। घटनापछि पीडक साह फरार रहेको प्रहरीले जानकारी दिएको छ। भाउजूलाई एसिड प्रहार गरेका श्रवणले दाजु सन्तोष साहलाई पनि ज्यान मार्ने धम्की दिएको परिवारका सदस्यले बताएका छन्। सामान्य घरायसी विवादबाट बढेर तेजाब प्रहारजस्तो गम्भीर अवस्था निम्तिएको देखिएको छ। पीडितका पति सन्तोष साहका अनुसार, भाइ श्रवणले भाउजू रागिनीसँग तीन हजार रुपियाँ मागेका थिए। रागिनीले आफूसँग भएको दुई हजार दिएको र एक…
Read More
मुख्यमन्त्री आचार्यद्वारा बाँकेका प्रभावित कार्यालयहरूको स्थलगत अनुगमन

मुख्यमन्त्री आचार्यद्वारा बाँकेका प्रभावित कार्यालयहरूको स्थलगत अनुगमन

मकवानपुर ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनमा घुसपैठ गरि सरकारी कार्यालयमा आगजनी,लुटपाट र तोडफोडमा संलग्नाको पहिचान गरि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट गरिएका बाँकेका सरकारी कार्यालयहरुको मङ्गलबार स्थलगत अनुगमनपछि मुख्यमन्त्री आचार्यले भन्नुभयो , जेन्जी आन्दोलनको नाममा सरकारी सम्पत्ति जलाएर जनतालाई दुस्ख र पिडा दिनेलाई कारबाही गरि दन्डहिनता अन्त्य गर्न आवश्यक छ । मुख्यमन्त्री आचार्यले जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गर्नुभएको छ । प्रदेशसभा सदस्य रत्न खत्रीका अनुसार मुख्यमन्त्री आचार्यले नेपालगन्ज उपमहानगरपालिका,जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिकासहित नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यलय पुगेर क्षेतीको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.