Alag Dhar

भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्छ : महामन्त्री शर्मा

मकवानपुर । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभाका निवर्तमान सदस्य विश्वप्रकाश शर्माले कुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अघि बढ्नुपर्ने बताउनु भएको छ। भ्रष्टाचारविरुद्ध अभियान चलाउन र कार्वाही गर्नका लागि यसभन्दा अघि पनि आफूले बारम्बार आवाज उठाएको बताउँदै यसमा आफूहरुको सहयोग रहने जनाउँदै यस्तो बताउनु भएको हो।

मंगलबार धुलाबारीस्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेको ‘अबको राजनीति र अबको नेपाल’ विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्रष्टाचारविरुद्ध संसदमै आफूले फाइल खोल्नु मात्र होइन, ‘फायर गर्नुपर्छ’ भनेर भनेको स्मरण गर्नुभयो। अहिलेसम्म बाहिर आएका सबै प्रकरणमा छानबिन गर्नुपर्नेमा उहाँको जोड रहेको थियो।

जेएनजी समूहले राखेको माग र उठाएका मुद्दा सकारात्मक रहेको उल्लेख गर्दै त्यो भावना अनुसार अघि बढ्नुको विकल्प नरहेको शर्माले बताउनुभयो। पुस्तान्तरणको कुरा अहिले सबैबाट उठेको उल्लेख गर्दै यस विषयमा नेतृत्वले पनि ध्यान पुर्याउनेमा आशावादी रहेको उहाँको भनाइ रहेको थियो।

आन्दोलनको क्रममा भएको दमन र हत्याको अहिले सर्वत्र विरोध भएको भन्दै यो नहुने काम भएको शर्माले उल्लेख गर्नुभयो।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.