Alag Dhar

लागूऔषध गाँजासहित मकवानपुरका रमेश बाराबाट पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १ बजेको समयमा विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ मा रहेको चेक पोईन्टस्थित मकवानपुरबाट वीरगंजतर्फ जाँदै गरको बा २ ख ९५६९ नम्बर मिनि ट्रकलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद गरेको थियो ।

प्रहरीले मिनि ट्रकलाई सुरक्षाजाँच गर्दा ट्रकको छतमाथि सिलिङमा फल्सबटम बनाई प्लाष्टिकले लुकाई छिपाई राखीएको अवस्थामा २ सय ३६ किलो ७५० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहित ट्रक चालक मकवानपुरको कैलाश गाँउपालिका–१० का ३८ वर्षीय रमेश रुम्बालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । गाँजासहित रमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.