Alag Dhar

दसैँ यात्रुका लागि मौसम पूर्वानुमान: आगामी ३ दिनको यस्तो हुनेछ अवस्था

मकवानपुर । दसैँको चहलपहलसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या निकै बढेको छ। तर, मनसुनको सक्रियता कायमै रहेकाले वर्षा र पहिरोका कारण यात्रामा ढिलाइ वा अवरोध आउन सक्ने सम्भावना छ।

दसैँको अवसरमा घर फर्कने यात्रुहरूको संख्यामा तीव्र वृद्धि हुने भएकाले मौसम पूर्वजानकारी अत्यन्त आवश्यक हुने विज्ञहरूले बताउँदै आएका छन्। यसै सन्दर्भमा, जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनको मौसमसम्बन्धी जानकारी दिएका छन् ।

आज दिउँसो (मंगलबार): देशभर भारी वर्षाको सम्भावना कम छ। कोशी, मधेस र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुनेछ। तराईका एक-दुई स्थानमा भने मध्यम वर्षाको सम्भावना छ। यद्यपि, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

बुधबार : कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा हुनेछ। यस्तै, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। भारी वर्षाको सन्दर्भमा भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

बिहीबार : यस दिन भारी वर्षाको सम्भावना निकै कम छ। अधिकांश स्थानहरूमा मध्यम वर्षा मात्रै हुने सम्भावना रहेको विभागले जनाएको छ।

मौसम विज्ञान विभागले यात्रामा निस्कनुअघि यात्रुहरूलाई मौसमसम्बन्धी पछिल्लो जानकारी लिएर मात्रै यात्रा योजना बनाउन र पहिरो तथा बाटो अवरोधको सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

मुख्य समाचार

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडामा नेपाल बैंकको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस नयाँ भवन उद्घाटन

हेटौंडा ।  नेपालकै पहिलो निजी बैंक नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन सञ्चालनम...
रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

रास्वपाको पहिलो महाधिवेशन चितवनमा शुरू

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा शुरू भएको छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानम...
स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक  वनको सहयोग

स्वास्थ्य चौकी र मन्दिरलाई रानी सामुदायिक वनको सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सह...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ६०० रुपैयाँले बढेको हो । यसअघि अस्ति शुक्रबार सुनको भाउ तोलामा साढे १० ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.