Alag Dhar

हजार रुपियाँको झगडापछि भाउजूमाथि एसिड प्रहार

मकवानपुर । रकम लेनदेनको विषयमा भएको विवादलाई लिएर विराटनगरका एक युवकले भाउजूलाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएका छन्।

विराटनगर महानगरपालिका–९ मधुमारास्थित धोबियारी चोकका २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहलाई एसिड प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको छ।

घटनापछि पीडक साह फरार रहेको प्रहरीले जानकारी दिएको छ। भाउजूलाई एसिड प्रहार गरेका श्रवणले दाजु सन्तोष साहलाई पनि ज्यान मार्ने धम्की दिएको परिवारका सदस्यले बताएका छन्।

सामान्य घरायसी विवादबाट बढेर तेजाब प्रहारजस्तो गम्भीर अवस्था निम्तिएको देखिएको छ। पीडितका पति सन्तोष साहका अनुसार, भाइ श्रवणले भाउजू रागिनीसँग तीन हजार रुपियाँ मागेका थिए। रागिनीले आफूसँग भएको दुई हजार दिएको र एक हजार अहिले दिन नसक्ने बताएपछि विवाद भएको थियो।

रागिनीको न्यूरो अस्पताल उपचार भइराखेको छ। रागिनीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। साह परिवारमा आमा, दुई छोरा, बुहारी र नातिनातीनी गरी ६ जना एकाघरमा बस्दै आएका थिए।

पीडितका आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराइसकेका छन्। जिल्ला प्रहरी कार्यालय, विराटनगरले फरार रहेका पीडक श्रवण साहको खोजी भइरहेको जानकारी दिएको छ। दिउँसोसम्म श्रवण पक्राउ नपरेको मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिनुभयो।

मुख्य समाचार

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउचरणमा प्रवेश

काठमाडौं । विश्वकप फुटबलमा लगातार तीन खेलमा जित निकाल्दै मेक्सिको समूह ’ए’ को विजेता बनेको छ । आज भएको तेस्रो खेलमा चेक रिपब्लिक...
पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

पूर्व–मध्यमा वर्षा, देशका धेरै स्थानमा गर्मी

काठमाण्डौं । गएराति र आज बिहान पूर्व र मध्य भेगका केही ठाउँमा पानी परेको छ । पानी परेको ठाउँमा शितल भए पनि देशका धेरै ठाउँमा गर्...
रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपा महाधिवेशनमा मतदान जारी

काठमाण्डौं । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । मह...
हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडामा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार

हेटौंडा । मकवानपुरका निर्माण व्यवसायी समाज घिमिरेमाथि  हेटौंडा उपमहानगरपालिका–५ स्थित टि टाइम क्याफे अगाडि खुकुरी प्रहार भएको छ।...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.