Alag Dhar

शुक्लाफाँटाको क्षति तीन करोडभन्दा बढी

मकवानपुर । ‘जेनजी’ आन्दोलनका क्रममा भएको घुसपैठका क्रममा यहाँको शुक्लाफाँटा नगरपालिकाले तीन करोडभन्दा बढीको क्षति बेहोर्नु परेको छ । गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका नाममा घुसपैठ हुँदा भएको तोडफोड र आगजनीबाट नगरपालिकाको कार्यालय र यहाँका १२ वटै वडामा गरेर तीन करोड ३१ लाख ९३ हजार रुपियाँ बराबरको क्षति बेहोर्नु परेको बताइएको छ ।

सोमबार नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको क्षतिको विवरण अनुसार, यहाँको वडा नम्बर आठ कार्यालयले अत्यधिक क्षति बेहोर्नु परेको उल्लेख छ । यसै गरी नगरपालिका कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट २३ लाख रुपियाँ बराबरको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो । उहाँका अनुसार, नगरपालिकामा सिसाका झ्याल, ढोका र ट्वाइलेटमा टुटफुट हुँदा २३ लाख पाँच हजार रुपियाँ बराबरको क्षति पुगेको छ ।

१२ वडा कार्यालय रहेका शुक्लाफाँटा नगरपालिकामा वडा नम्बर ८ जलेर ध्वस्त भएको नगरपालिकाले जनाएको छ । यस वडामा मात्रै ५५ लाख बराबरको क्षति पुगेको नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ । ८ नम्बर वडा कार्यालय भवनमा मात्रै ३५ लाख रुपियाँको क्षति पुगेको नगरपालिकाका प्रवक्ता लालबहादुर ऐरले बताउनुभयो ।

उहाँका अनुसार, वडा नम्बर ८ मा दुई लाख ५० हजार बराबरको वाइरिङ जलेर नष्ट भएको छ भने, दुई लाख ६४ हजार बराबरका तीन ल्यापटप जलेर नष्ट भएका छन् । यसै गरी वडा नम्बर ८ पछि यहाँको वडा नम्बर १ कार्यालयमा ४६ लाख बराबरको क्षति पुगेको छ । आगलागीबाट वडा नम्बर १ को भवनभित्र ३५ लाख रुपियाँ बराबरको क्षति पुगेको छ । यसै गरी ९७ हजार रुपियाँ मूल्य बराबरका सोफा सेट जलेर नष्ट भएका छन् भने, एक लाख ५० हजार रुपियाँ बराबरका ल्याब सामग्री जलेर नष्ट भएका छन् । २७ हजार बराबरका सिसा टुटेका छन् भने ७० हजार बराबरका प्लास्टिक कुर्सी जलेर नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो ।

यसै गरी वडा नम्बर २ मा २२ लाख ६९ हजार रुपियाँ बराबरको क्षति पुगेको छ भने वडा नम्बर ३ मा २४ लाख ५० हजार रुपियाँ बराबरको क्षति पुगेको नगर प्रवक्ता ऐरले बताउनुभयो । यहाँको वडा नम्बर ४ मा १४ लाख ६७ हजार, वडा नम्बर ५ मा २२ लाख ९० हजार र वडा नम्बर ६ मा १८ लाख ३८ हजार रुपियाँ बराबरको क्षति पुगेको नगरपालिकाले मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ । वडा नम्बर ७ मा ४४ लाख बढीको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । उहाँका अनुसार, यस वडामा पानीको बोतलमा मात्रै ३२ हजार पाँच सय रुपियाँ क्षति भएको छ ।

नगरपालिकाका अनुसार, वडा नम्बर ९ मा पनि १५ लाख २१ हजार बराबरको क्षति पुगेको छ भने, वडा नम्बर १० मा ४३ लाख ७४ हजार बराबरको क्षति पुगेको छ । यस वडामा अत्यधिक क्षति गमला बिरुवामा पुगेको छ । ५७ हजार ७५० रुपियाँ बराबरका गमला बिरुवामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । यसै गरी वडा नम्बर ११ ले १३ लाख ८० हजार रुपियाँ र वडा नम्बर १२ ले १६ लाख रुपियाँ बराबरको क्षति बेहोर्नु परेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले वडा कार्यालय जलेपछि सञ्चालनमा समस्या भएको बताउनुभयो । अहिले सामान्य सिफारिसका काम भने नगरपालिकाबाटै सञ्चालन गरिएको वडाध्यक्ष महराले बताउनुभयो ।

मुख्य समाचार

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा, उपाधिका लागि स्पेनसँग खेल्ने

काठमाण्डौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डलाई ...
रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.