Alag Dhar

कम भएन बालबालिकामा कुपोषण

मकवानपुर । बर्दियामा अझै पनि कुपोषण भएका बालबालिकाको सङ्ख्या न्यूनीकरण हुन सकेको छैन । बालबालिकाको खानपान र स्याहारसुसारको कमीका कारण पाँच वर्षमुनिका बालबालिका कुपोषित भएका हुन् ।

स्वास्थ्य कार्यालय बर्दियाका अनुसार बर्दिया जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा ४२९ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । आव २०८०/८१ मा २८२ जना बालबालिकामा कडा खालको कुपोषण फेला परेको थियो भने आव २०७९/८० मा २९५ जनामा कडा खालको कुपोषण भेटिएको थियो । विभिन्न स्वास्थ्य संस्थामा बालबालिकालाई परीक्षण गराउँदा र वर्षको दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने क्रममा कुपोषित भेटिएका बालबालिका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले गत असारमा गरेको स्क्रिनिङ परीक्षणमा ४४४ जना कडा खालको कुपोषण भएका बालबालिका फेला परेका थिए । बर्दियामा भएका करिब ३२ हजार बालबालिकालाई कुपोषण परीक्षण गर्ने उद्देश्यका साथ स्क्रिनिङ परीक्षण गरिएको थियो । जसमध्ये १४ हजार ५४४ बालबालिकालाई परीक्षण गर्न सफल भएको थियो । स्वास्थ्य कार्यालय बर्दियाका कुपोषण फोकल पर्सन मानबहादुर नेपालीले ती बालबालिकामध्ये ४४४ जनालाई कडा खालको कुपोषण र दुई हजार तीन जनामा मध्यम खालको कुपोषण फेला परेको बताउनुभयो ।

उहाँले तीन वर्षमाथिका बालबालिका विद्यालय जाने भएको हुनाले कतिपय बालबालिका कुपोषण जाँच गर्न छुटेको बताउनुभयो । मध्यम खालको कुपोषणलाई घरमा पौष्टिक खाना बनाएर खुवाउने तरिका सिकाएर पठाइन्छ भने कडा खालको कुपोषणका लागि तयार पारिएको पौष्टिक खाना दिएर उपचार गराइन्छ । कतिपय जटिलतासहितको कुपोषण भएका बालबालिकालाई भने स्वास्थ्य संस्थामा उपचारका लागि पठाइने गरेको छ ।

बालरोग विशेषज्ञ डा। विश्वनाथ शाहले बर्दिया अस्पतालमा दिनहुँ कडा खालको कुपोषित भएका बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय कुपोषित आमाले जन्माएका बालबालिका नै कुपोषित हुने र पछि त्यसैबाट जटिलता आउने गरेको छ भने कतिपय बालबालिका पोसिलो खानेकुरा खान नपाउँदासमेत कुपोषण हुने गरेको पाइन्छ ।” उहाँले विभिन्न रोग, मुटुरोग, बाल क्षयरोग, सिकलसेल थालसेमियालगायतका रोगका कारण पनि बालबालिका कुपोषित भएको पाइएको बताउनुभयो ।

सरकारले वर्षमा दुई पटक कुपोषणको अवस्था जाँच गर्न समुदायमा पठाउने गर्छ । महिला स्वास्थ्य स्वयंसेविकालाई गर्भवती महिला सुत्केरी, नवजात शिशु र बालबालिकाको अवस्था सुधार होस् भनेर परिचालन गरेको छ तर पनि बालबालिकाको कुपोषणको अवस्था सुधार भएको पाइँदैन । समुदायस्तरमा सचेतनाको कमीले गर्दा अझै पनि कुपोषण भएका बालबालिका फेला पर्ने गरेका छन् ।

मुख्य समाचार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
इन्धनको मूल्य स्थिर

इन्धनको मूल्य स्थिर

काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट प्राप्त ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.