Alag Dhar

वडा कार्यालय तोडफोड गरेको आरोपमा सात पक्राउ

मकवानपुर । मेल्लेख गाउँपालिका-१ ऋषिदहको वडा कार्यालयमा तोडफोडमा संलग्न भएको आरोपमा सात जना पक्राउ परेका छन् । सोमवार राती स्थानीय युवाहरूको समूहले वडा कार्यालय तोडफोड गरेर क्षति पुगेको वडा अध्यक्ष दिलबहादुर धामीले जानकारी दिनुभयो ।

वडा कार्यालय तोडफोडको आरोपमा स्थानीय सात जना युवालाई प्रहरीले नियन्त्रण लिएको अछाम प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरू २० देखि २४ वर्ष उमेरका रहेको भए पनि विवरण खुलाइएको छैन । पक्राउ परेका र घटनाको विस्तृत विवरण आउने क्रममा रहेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

चार वटा दराज, तीनवटा ल्यापटप, डेस्कटप, प्रिन्टर र फोटोकपी मेसिन, प्रोजेक्टर, इन्टरनेटको राउटर, कुर्सी तोडफोड तथा तथा सम्पूर्ण कागजातहरु च्यातेर नष्ट पारिएको वडा अध्यक्ष धामीको भनाइ छ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.