Alag Dhar

चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन तीव्र

मकवानपुर । चाडपर्वलाई लक्षित गरी सप्तरीको राजविराजमा बजार अनुगमन तीव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीको नेतृत्वमा स्थानीय सरोकारवाला कार्यालयको प्रतिनिधिसहितको टोलीले अनुगमन तीव्र पारेको हो ।

चाडपर्वको बेला उपभोक्ता बढी ठगिने संभावना भएकाले चाडपर्वलाई लक्षित पारेर अनुगमन थालेको अनुगमन टोलीलाई नेतृत्व गरिरहनु भएका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ

अनुगमनको पहिलो दिन बुधबार राजविराजको किराना पसलहरूको अनुगमन गरिएको हो । अनुगमनको क्रममा म्याद गुज्रिएको फेन्टा, स्प्राइट, कोक तथा अन्य केही सामान फेला परेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सुशील कर्णले जानकारी दिनुभयो । अनुगमन टोलीले म्याद गुज्रिएको सामग्री बरामद गरेर नष्ट गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले फेला पारेको म्याद गुज्रिएका सामान नष्ट गरेर अब बेचेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छौँ । त्यसोगरे कार्वाहीको प्रक्रिया अगाडि बढाइने छ ।’’

अनुगमनको अभावमा नजानेर नबुझेर उपभोक्ताले म्याद गुज्रिएको र गुणस्तरहीन सामान किन्न बाध्यता भइरहेको बेला चाडपर्वलाई लक्षित गरी थालिएको अनुगमनले केही राहत हुने विष्णुपुर गाउँपालिका ६ का विजय देवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘बजार अनुगमन चाडपर्वको बेला मात्र नभएर नियमित पालैपालो सबै पसलमा गर्नुपर्ने आवश्यक छ ।’’

अनुगमन टोलीमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बैद्ययनाथ झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रतिनिधि, घरेलु तथा साना उद्योग, खाद्य तथा गुण कार्यालय, कर सेवा केन्द्र राजविराज लगायतका कार्यालयका प्रतिनिधिहरू सहभागिता थियो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.