Alag Dhar

Day: २०८२ आश्विन ९, बिहीबार १२:०९

शिक्षामन्त्री पुनले हटाए कार्यालयको ‘माननीय’ बोर्ड

शिक्षामन्त्री पुनले हटाए कार्यालयको ‘माननीय’ बोर्ड

मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले नामको अगाडि माननीय लेखिएको बोर्ड कार्यकक्षबाट हटाएका छन्। कार्यकक्ष प्रवेश गर्ने ढोका बाहिर मन्त्रीको नाम लेखिएको बोर्ड राख्ने गरिएको हुन्छ। बोर्डमा मन्त्री कार्यकक्षमा रहे नरहेको तथा व्यस्त रहेकोबारे जानकारी दिन ‘भित्र, बाहिर र व्यस्त’ लेखिएको हुन्छ। सोही बोर्डमा कर्मचारीले मन्त्री पुनको नाम अगाडि माननीय लेखेका थिए। त्यो देखेपछि मन्त्री पुनले माननीय हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन्। त्यसपछि कर्मचारीले पेपरमा प्रिन्ट गरेर नाम मात्र राखेर टासेका छन्। मन्त्री पदको शपथलगत्तै पदभार ग्रहण गर्दा उनले आफूलाई माननीय मन्त्री नभन्न आग्रह गरेका थिए। मन्त्रालयभित्र कर्मचारीले मन्त्री भन्न सक्ने भए पनि बाहिर कसैले…
Read More
सिटी, आर्सन र टोट्टनहाम विजयी

सिटी, आर्सन र टोट्टनहाम विजयी

मकवानपुर । म्यानचेस्टर सिटी, आर्सनल र टोट्टनहाम इएफएल (काराबाओ) कपको चौथो चरणमा पुगेको छ । बुधबार राति भएको खेलमा सिटीले लिग वान क्लब हडर्सफिल्ड टाउनलाई‌ २–१ गोलले हरायो । सिटीको जितमा फिल फोडेनले १८औँ र साभिन्होले ७४औँ मिनेटमा गोल गर्नुभयो । अन्य खेलमा आर्सनलले पोर्ट भेल एसीलाई २–०, टोट्टनहामले डनकास्टर रोभर्सलाई ३–० र न्युक्यासल युनाइटेडले ब्राडफोर्ड सिटीलाई ४–१ गोलले हराएको छ ।
Read More
प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै ज्ञापनपत्र

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै ज्ञापनपत्र

मकवानपुर । प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ बागमती प्रदेश समितिले बिहीबार मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो । प्रदेश समन्वय परिषद्को बैठक यथाशीघ्र बोलाई वर्तमान परिस्थितिको समीक्षा गर्दै प्रदेश र स्थानीय सरकारबिचको प्रभावकारी अन्तरसम्बन्ध र सहकार्य, जेन–जी प्रदर्शनका क्रममा भएको क्षतिको समीक्षा गर्दै पुनर्निर्माण तथा पुनस्र्थापना योजना निर्माण, चालु आव २०८२–८३ का स्वीकृत योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धमा छलफल गरिनुपर्ने माग ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै, बैठकमा क्षतिग्रस्त स्थानीय सरकार र जिल्ला समन्वय समितिका संरचनाको अस्थायी व्यवस्था गरी सेवा…
Read More
नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति

नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति

मकवानपुर । नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन् । वेन्ट–टोड गेक्को अर्थात माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरिएको जनाइएको छ । उक्त प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र दुई दिनअघि मात्रै अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशितसमेत भइसकेको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिनुभयो । भट्टराई फेडेरेसन युनिभर्सिटी अष्ट्रेलियामा छेपारोकै विषय विद्यावारिधि गरिरहनुभएको छ । उहाँका अनुसार ती दुई प्रजाति चुरे ९सिवालिक० पर्वतश्रृंखलाबाट भेटिएका हुन् । चुरे (सिवालिक) क्षेत्र जैविक विविधतामा समृद्ध भए पनि कम अध्ययन…
Read More
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो ।
Read More
उखु किसानको खातामा अनुदान रकम

उखु किसानको खातामा अनुदान रकम

मकवानपुर । रौतहटका उखु किसानले बिहिबार अनुदानको रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले किसानको खातामा अनुदान रकम जम्मा गरेको हो । रौतहटका ३ हजार ६ सय ४६ उखु किसानलाई ३ करोड ४० लाख त्रिपन्न हजार ८सय ८ रुपैया २५ पैसा रुपियाँ अनुदान रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवी प्रसाद गौतमले जानकारी दिनुभयो । चाडपर्वको बेला रहेकोले प्राथमिकता दिएर उखु किसानको रकम भुक्तानी गरिएको प्रमुख कोष नियन्त्रक गौतमले बताउनुभयो । रौतहटका उखु किसानले प्रतिक्विन्टल ३५ रुपियाँका दरले अनुदान रकम प्राप्त गरेका छन् । सरकारले गएको वर्ष किसानलाई प्रतिक्विन्टल ७०…
Read More
टी–२० एसिया कप : बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा

टी–२० एसिया कप : बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा

मकवानपुर । साविक विजेता भारत युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा भारतले बङ्गलादेशलाइ ४१ रनले हरायो । भारतले सुपर चारमा लगातार दोस्रो जित निकालेको हो । एक खेल अगावै फाइनलमा स्थान बनाएको भारतले दुई खेलबाट चार अङ्क बनाएको छ । बङ्गलादेशको समान खेलबाट दुई अङ्क छ । जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा सकेटिएको थियो । बङ्गलादेशका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाउनुभयो । यस्तै परवेज हसन इटनले २१ रन बनाउनुबाहेक…
Read More
अनुगमनका क्रममा तेह्र खाद्यान्न पसल कारवाहीमा

अनुगमनका क्रममा तेह्र खाद्यान्न पसल कारवाहीमा

मकवानपुर । भीरकोट नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत देखिएपछि १३ वटा खाद्यान्न पसल कारबाहीमा परेका छन् । दशैं–तिहारलाई लक्षित गरी खाद्यान्न पसल, मासु पसल, होटल तथा रेष्टुरेन्ट, फलफूल तथा तरकारी पसल अनुगमन गरिएको नगर उपप्रमुख भगवती रेग्मी अर्यालले जानकारी दिनुभयो । वडा –१ र २ को ठाडोलाइन र सिद्धार्थ राजमार्ग आसपासका बिहीबार ३४ वटा पसल अनुगमन गर्दा १३ वटा खाद्यान्न पसल कारवाहीमा परेको नगर प्रशासन प्रमुख सीताराम खनालले बताउनुभयो । पाँचवटा मासु पसल, २० वटा किराना पसल, तीन वटा होटल तथा रेष्टुरेन्ट, चार वटा तरकारी तथा फलफूल पसल र दुईवटा भेटेरिनरी पसल अनुगमन गरिएको…
Read More
चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

मकवानपुर । दशैं सुरु भएसँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । दशैं–तिहारलगायत चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनाहरु न्युनीकरण गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी वल बेसबाट तयार गरेको चाडपर्वलक्षित विशेष सुरक्षा योजनाका विषयमा बृहत छलफल गरी सोहीअनुसार कार्यान्वयन गर्ने निर्णय गरेको हो । चाड पर्वका नाममा अनावश्यक भिड गर्ने, होहल्ला गर्ने तथा मदिरा सेवनगरी समु्दायमा अनावश्यक खलल् ल्याउनेजस्ता गतिविधि नियन्त्रणका लागि सादा पोषाकमा सुरक्षाकर्मी खटाइएको समितिले जनाएको छ । हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहे पनि सम्भावित अपराध तथा घटनाहरु रोकथाम तथा नियन्त्रणका लागि विशेष योजना बनाएको र…
Read More
६१ हजार रुपियाँ बराबरको अखाद्य बस्तु जफत

६१ हजार रुपियाँ बराबरको अखाद्य बस्तु जफत

मकवानपुर । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको छ । बिहीबार फिक्कल बजारमा सञ्चालित ११ वटा किराना पसलमा अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार नौसय २५ रुपियाँ बराबरको अखाद्य बस्तु जफत गरिएको हो । सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले सुरु गरेको अनुगमनका क्रममा फिक्कल बजारमा झापा र भारतबाट आएर हटियाको दिन ब्यापार गर्ने ब्यपारीले सञ्चालन गरेको पसलमा म्याद गुज्रिएका र लेवलिङ नभएका बस्तु जफत गरिएको अनुगमन समितिका संयोजक नवीन ढकालले जानकारी दिनुभयो । अनुगमनका क्रममा खुल्ला रुपमा बिक्रीका लागि राखिएको सुर्ती, भोला, मधु, चुरोट, मिठाई, गरम मसला, पापड, बिस्कुट, मुराई लगायतका ४१ प्रकारका बस्तु जफत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.