Alag Dhar

६१ हजार रुपियाँ बराबरको अखाद्य बस्तु जफत

मकवानपुर । इलामको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा चाडपर्वलाई लक्षित गरी बजार अनुगमन गरिएको छ । बिहीबार फिक्कल बजारमा सञ्चालित ११ वटा किराना पसलमा अनुगमन गर्दा ४१ प्रकारका ६१ हजार नौसय २५ रुपियाँ बराबरको अखाद्य बस्तु जफत गरिएको हो ।

सूर्योदय नगरपालिकाको बजार अनुगमन समितिले सुरु गरेको अनुगमनका क्रममा फिक्कल बजारमा झापा र भारतबाट आएर हटियाको दिन ब्यापार गर्ने ब्यपारीले सञ्चालन गरेको पसलमा म्याद गुज्रिएका र लेवलिङ नभएका बस्तु जफत गरिएको अनुगमन समितिका संयोजक नवीन ढकालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा खुल्ला रुपमा बिक्रीका लागि राखिएको सुर्ती, भोला, मधु, चुरोट, मिठाई, गरम मसला, पापड, बिस्कुट, मुराई लगायतका ४१ प्रकारका बस्तु जफत गरिएको छ । झापाबाट र छिमेकी देश भारतबाट हटियाको दिन खाद्य सामग्री लिएर आएर बजारमा पसल सञ्चालन गर्ने ब्यापारीले पसल दर्ता तथा नवीकरण समेत नगरेको पाइएको छ ।

यस्ता पसललाई सात दिन भित्रमा दर्ता, नवीकरणको कागजात नगरमा पेश गर्न निर्देशन दिएको संयोजक ढकालले जानकारी दिनुभयो । सूर्योदय नगरपालिकामा नगर उपप्रमुख दुर्गाकुमार बरालको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ ।

सो समितिको मातहतमा बजार अनुगमन समिति निर्माण गरिएको छ । उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक बरालले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य बस्तु बिक्री गर्ने गरिएको गुनासो आइरहने भएकाले नगरले नियमिति अनुगमन गर्दैआएको जानकारी दिनुभयो । फिक्कल बजार पर्यटकीय क्षेत्र तथा इलाम जिल्लाकै हालको चलायमान बजारको रुपमा रहेको छ ।

अनुगमनका क्रममा सीमा तथा अध्यागमन कार्यालय पशुपतिनगरका प्रमुख होमनाथ पोख्रेल, फिक्कल प्रहरी चौकीका प्रमुख बिष्णु सापकोटा, सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन पौडेल, ट्राफिक प्रहरी, नगर प्रहरीलगायतको सहभागिता थियो । समितिले मुचुल्का उठाएर जफत गरेका सामग्री अनुगमन सकिएपछि नगरको डम्पिङसाइटमा लगेर नष्ट गर्ने नगरपालिकाले जनाएको छ ।

मुख्य समाचार

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । प्रतिनिधिसभा निमामावली...
बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अन...
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन ...
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.