Alag Dhar

झुम्का कारागारबाट फरार दिपेन लिम्बू सङ्खुवासभामा पक्राउ

मकवानपुर । सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका दिपेन लिम्बू सङ्खुवासभामा पक्राउ परेका छन् ।प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे गोप्य सूचनाका आधारमा मादी नगरपालिका–३ जिमी गाउँमा उनको घरमा छापा मारेको थियो । प्रहरी सहायक निरीक्षक धाकबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको चार जनाको टोलीले कोठामा सुतिरहेको अवस्थामा लिम्बूलाई नियन्त्रणमा लिएको हो । हाल उनलाई प्रहरी चौकी मङ्गलबारेमा राखिएको छ ।

जिल्ला अदालत इनरुवाको आदेशअनुसार कर्तव्य ज्यान मुद्दामा लिम्बू पुर्पक्षका लागि २०८० भदौ २५ गते झुम्का कारागार चलान भएका थिए । तर भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए । फरार लिम्बू घरमै लुकेर बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

यसअघि पनि सङ्खुवासभा प्रहरीले आन्दोलनकै क्रममा काठमाडौँको नख्खु कारागार र सुनसरीको झुम्का कारागारबाट फरार भएका तीन जना कैदीलाई नियन्त्रणमा लिएको थियो । पछिल्लो दिनमा फरार कैदीलाई पक्राउ गर्ने अभियानलाई प्रहरीले तीव्रता दिएको बताएको छ । मङ्गलबारे प्रहरी चौकीबाट करिब ६ किलोमिटर पूर्व–दक्षिणमा पर्ने जिमी गाउँमा पक्राउ परेका लिम्बूविरुद्ध थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.