Alag Dhar

मुग्लिन नौबिसे सडक खुल्यो, तुइनखोलाको पहिरो पन्छाउने क्रम जारी

मकवानपुर । मुग्लिन नौविसे सडकखण्डअन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

बुधबार राति ९ बजे पहिरो खसेर दुईतर्फी नै सडक बन्द रहेकोमा रातभर काम गरेपछि बिहानबाट यातायात सञ्चालनमा आएको हो । अहिले दुईतर्फी नै गाडी सञ्चालन भएको मुग्लिन नागढुङ्गा सडक योजना कार्यालय पश्मिच खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो । यस सडकखण्डमा खसेको पहिरो पन्छाए पनि फेरि पहिरो झर्ने जोखिम भने कायम रहेको उहाँले जानकारी दिनुभयो ।

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मङ्गलबारदेखि बन्द भएको सडक अझै खुलेको छैन । बुधबारदेखि नै पहिरो पन्छाउने काम भए पनि ठुलो पहिरो खसेका कारण काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।

तुइनखोलाको पहिरो बिहानैदेखि पन्छाउने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकखण्डमा आएको पहिरोका कारण मुग्लिनमा रोकिएका सवारी साधनले पोखरा काठमाडौँका यात्रा कठिन भएको छ । सवारी साधनको जामले गर्दा पोरखा जान समस्या भएको छ । ट्राफिक नियम विपरीत सवारी साधन रोकिँदिदा सडकनै अवरुद्ध भएको छ । मुग्लिन प्रहरीले रोकिएका सवारी साधनलाई व्यवस्थित पारेर पोखरा, काठमाडौँ यातायात सहज सञ्चालन गराउन प्रयास गरिराखेको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.