Alag Dhar

जेनजी आन्दोलनमा क्षतिग्रस्त कार्यालय पुन:स्थापनामा जुट्दै

मकवानपुर । जेनजी आन्दोलनका क्रममा पूर्णरूपमा क्षति भएका कार्यालयलाई सेवा सञ्चालनका लागि सामग्री जुट्न थालेको छ । विभिन्न सङ्घ संस्थाहरुले सामग्री हस्तान्तरण सुरु गरेका छन् ।

कार्यालयमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भए पनि सेवालाई नियमितरूपमा सञ्चालनका लागि विभिन्न दाताहरुले सहयोग सुरु गरेका छन् । तुलसीपुर क्षेत्रमा रहेका कार्यालयहरूका लागि आवश्यक पर्ने सामग्री एकद्वार प्रणालीबाट हस्तान्तरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई ती सामग्री हस्तान्तरण गरिएको छ ।

ज्ञान ज्योति फाउण्डेशन प्रालिले ९ थान कम्प्यूटर, ४ थान प्रिन्टर,३ थान स्क्यानर, १० थान दराज, १२ थान कुर्सी, २ थान सोफा र २० थान प्लास्टिक कुर्सी फाउण्डेशनका संस्थापक अध्यक्ष टीकाबहादुर जिसी र निर्देशक सुरेन्द्र जिसीले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्कालाई हस्तान्तरण गर्नुभएको हो । असोज ५ गते गोरखा माविले १ थान स्टील दराज,कम्प्युटर २ थान र प्रिन्टर १ थान उपलब्ध गराएको थियो ।

नगरप्रमुख टीकाराम खड्काले विभिन्न दाताहरूबाट प्राप्त भएका सामग्री यस क्षेत्रमा आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका कार्यालयहरुको सेवा प्रवाह सञ्चालनका लागि हस्तान्तरण गरिने बताउनुभयो ।

तुलसीपुर क्षेत्रमा आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, इलाका प्रशासन कार्यालय, सिँचाइ डिभिजन कार्यालय, भू जलाधार कार्यालयमा आगजनी हुँदा क्षतिग्रस्त अवस्थामा पुगेका छन् ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.