Alag Dhar

सुकिला नोट साट्न बैङ्कमा घुइँचो

मकवानपुर । दसैँलाई लक्षित गरी नेपाल बैङ्क लिमिटेड बागलुङले खुद्रा नोट साट्न सुरु गरेको छ । सर्वसाधारणका लागि बैङ्कले सुकिला नोट साट्ने गरी व्यवस्था मिलाएको हो । विजयादशमीको दिन टीका लगाएपछि आफन्तलाई दक्षिणास्वरुप प्रदान गरिने खुद्रा नोट साट्नका लागि सर्वसाधारणको बैङ्कमा घुइँचो लागेको छ ।

सर्वसाधारणको ५, १०, २०, ५० र १०० रुपियाँका सुकिला खुद्रा नोट साट्न बैंकमा लाइन बसेका छन् । दसैँका लागि आवश्यक पर्ने खुद्रा नयाँ नोट साट्न बैङ्कमा आएको मूलपानीकी सुशीला शर्माले बताउनुभयो । सुकिला नोट साट्न गाउँ गाउँबाट सर्वसाधारणहरु बैङ्कमा आएका छन् । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपियाँसम्मका नयाँ सुकिला नोट साट्ने गरी व्यवस्था मिलाइएको छ ।

दसैँका लागि ४५ करोड रुपियाँका नयाँ र सुकिला नोट राखिएको र आवश्यक अनुसार अन्य रकम राष्ट्र बैङ्कबाट ल्याउने नेपाल बैङ्क लिमिटेड बागलुङका प्रमुख कृष्णबहादुर कुवँरले बताउनुभयो ।

“नयाँ नोट ५ र १० का वितरण गरिएको छ,” कुवँरले भन्नुभयो, “अन्य नोट भने सुकिला सर्वसाधारणका लागि साटिएको छ ।” पोखराबाट पहिलो दिन ३० करोडका सुकिला नोट बागलुङमा आएको थियो ।

जिल्लाभित्र रहेका अन्य बैङ्कलाई मात्र १२ करोड रुपियाँका सुकिला नोट नेपाल बैङ्कले प्रदान गरेको छ । अन्य बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सर्वसाधारणका लागि नोट साट्न सक्ने गरी व्यवस्था मिलाएको नेपाल बैङ्क लिमिटेड बागलुङले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले नोट पर्याप्त पठाएकोले दसैँका लागि सुकिला नयाँ नोटको अभाव बागलुङमा नहुने बैङ्कले जनाएको छ ।

मुख्य समाचार

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

सभामुखकै बोली संसदीय रेकर्डबाट हटाइयोस् : एमाले

काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन माग गरेको छ । प्रतिनिधिसभा निमामावली...
बुबाले गरे छोराको हत्या

बुबाले गरे छोराको हत्या

चितवन । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् । प्रहरीका अन...
चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

चीनलाई २२१ रनले हराउँदै नेपालको विजयी शुरुआत

काठमाण्डौं । चीनलाई हराउँदै नेपाली क्रिकेट टाेलीले एशियाली खेलकुद छनाेटमा विजयी शुरुआत गरेकाे छ । सिङ्गापुरमा आज भएकाे उद्घाटन ...
सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

सन्दीप र ब्रिज इन्टरनेशनलबीच ५ वर्षको सम्झौता

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनल कन्सलटेन्सीबीच पाँच वर्षको सम्झौता भएको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.