Alag Dhar

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

मकवानपुर । दशैं सुरु भएसँगै लमजुङमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । दशैं–तिहारलगायत चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनाहरु न्युनीकरण गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी वल बेसबाट तयार गरेको चाडपर्वलक्षित विशेष सुरक्षा योजनाका विषयमा बृहत छलफल गरी सोहीअनुसार कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

चाड पर्वका नाममा अनावश्यक भिड गर्ने, होहल्ला गर्ने तथा मदिरा सेवनगरी समु्दायमा अनावश्यक खलल् ल्याउनेजस्ता गतिविधि नियन्त्रणका लागि सादा पोषाकमा सुरक्षाकर्मी खटाइएको समितिले जनाएको छ । हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहे पनि सम्भावित अपराध तथा घटनाहरु रोकथाम तथा नियन्त्रणका लागि विशेष योजना बनाएको र नागरिक पनि आँफै संयम् भएर चाड पर्व मनाउनुपर्ने लमजुङका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोख्रेलले बताउनुभयो ।

जिल्लाको शान्ति सुरक्षामा प्रतिकुल असर पर्नेगरी अवाञ्छित गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । सोसँगै दशै तिहारको बेला जुवा, तास खेल्ने–खेलाउने लगायतका गैर कानुनी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाउने प्रशासनले जनाएको छ ।

चाडपर्वलाई लक्षित गरेर साविकभन्दा सुरक्षा व्यवस्था अलि कडा पारिएको सुरक्षा समितिले जनाएको छ । त्यसैगरी चाडपर्वका बेला मूल्यबृद्धि, कालोबजारी, मिसावटयुक्त खाद्य पदार्थ बेचविखनजस्ता गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले सार्वजनिक सूचनामार्फत त्यस्ता गतिविधि भएको पाइएमा सुरक्षा निकायलाई सूचना दिन आग्रह गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङले दशैं–तिहारलगायत चाडपर्वका बेला हुनसक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा सुरक्षा निगरानी बढाएको जनाएको छ । जिल्लाका बजार क्षेत्र र ग्रामीण भेगमा पनि अवाञ्छित गतिविधि हुनसक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।

चाडपर्व नजिकिएसँगै जिल्लास्थित ट्राफिक प्रहरीले पनि सवारी साधन चेकजाँचमा कडाइ गर्दैआएको छ । ट्राफिक प्रहरीले दिउँसो तथा रातिको समय सवारी चेकजाँचलाई निरन्तरता दिएको हो । विशेषगरी रातिको समयमा मदिरा सेवनगरी सवारीसाधन चलाउने र दुर्घटनाको जोखिम बढी भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि चेकजाँचमा कडाई गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

मुख्य समाचार

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

शेयर बजार २७ अङ्कले बढ्यो, झन्डै ६ अर्बको कारोबार

काठमाण्डौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८५ अङ्कले बढेर २ ह...
२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

२० जना अति विपन्न विद्यार्थीलाई नि:शुल्क पढाइने, ४ नं. वडा कार्यालय र विद्यालयबीच सम्झौता

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयद्वारा विध्यालयहरूसंगको सहकार्यमा २० जना विपन्न विध्यार्थीलाई निस्शुल्क पढाउने भएको छ । ४ नं. ...
एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी रहेको छ । नेताहरूको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगाय...
सुनमा सामान्य गिरावट

सुनमा सामान्य गिरावट

काठमाण्डौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.