Alag Dhar

टी–२० एसिया कप : बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा

मकवानपुर । साविक विजेता भारत युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा भारतले बङ्गलादेशलाइ ४१ रनले हरायो । भारतले सुपर चारमा लगातार दोस्रो जित निकालेको हो ।

एक खेल अगावै फाइनलमा स्थान बनाएको भारतले दुई खेलबाट चार अङ्क बनाएको छ । बङ्गलादेशको समान खेलबाट दुई अङ्क छ । जितका लागि भारतले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १९।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रनमा सकेटिएको थियो ।

बङ्गलादेशका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाउनुभयो । यस्तै परवेज हसन इटनले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा भारतका कुलदीप यादवले तीन विकेट लिनुभयो । यस्तै वरुण चक्रवर्ती र जसप्रित बुमराहले दुई दुई तथा तिलक वर्मा र अक्षर पटेलले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७५ रन बनाउनुभयो ।

यस्तै हार्दिक पाण्डेयाले ३८, शुभमन गिलले २९ र अक्षर पटेलले अविजित १० रन जोड्नुभयो । बलिङमा बङ्गलादेशका लागि राशिद होसेनले दुई विकेट लिनुभयो । तान्जिम हसन साकिब, मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दिनले एक एक विकेट लिनुभयो ।

मुख्य समाचार

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

रास्वपा सांसद खत्रीको अभिव्यक्ति माथी बागमतीका श्रममन्त्री थापाको आपत्ति

हेटौंडा ।  बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले राष्ट्रिय स्वतन्त्र पार...
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकारलगायत तीन आयोगका पछिल्ला वार्षिक प्रतिवेदन पेस हुँदैछन् । दिउँसो १ः०...
इरानमाथि अमेरिकी आक्रमण तीव्र

इरानमाथि अमेरिकी आक्रमण तीव्र

तेहरान । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । ...
विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

विश्वकपको फाइनल पुग्न अर्जेन्टिना र इंग्ल्यान्ड खेल्दै : एटलान्टामा सुरक्षा व्यवस्था कडा

काठमाण्डौं । फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज मध्य राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल ह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.