Alag Dhar

धुलो र धुवाँ श्वासप्रश्वाससम्बन्धी रोगको प्रमुख कारण

मकवानपुर । पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी रोग बढ्दै गएको छ । सरकारी तथ्याङ्कले पनि श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या बढ्दै गएको देखाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०७९-८० मा एक लाख ८७ हजार ८५७ र आर्थिक वर्ष २०८०-८१ मा दुई लाख ५९ हजार ११० जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

श्वासप्रश्वाससम्बन्धी तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्तिने चिकित्सक बताउँछन् । छातीरोग विशेषज्ञ डा। रवि महतले श्वासप्रश्वाससम्बन्धी समस्या दम, निमोनिया, क्षयरोग, फोक्सोको क्यान्सर, रुघाखोकीजस्ता स्वास्थ्य समस्या लिएर बिरामी अस्पतालमा पुग्ने गरेको जानकारी दिनुभयो ।

प्रमुख श्वासप्रश्वाससम्बन्धी समस्या

दम : डा. महतका अनुसार श्वासप्रश्वाससम्बन्धी समस्या दम एक दीर्घकालीन स्वास्थ्य समस्या हो। खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यार घ्यार हुने र छाती दुख्ने दम रोगका प्रमुख लक्षण हुन् ।

फोक्सोको क्यान्सरः फोक्सोको क्यान्सर एक गम्भीर रोग हो, जसमा फोक्सोमा असामान्य कोशिकाहरू अनियन्त्रित रूपमा बढ्छन् । धूमपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो। सास फेर्न गाह्रो हुने, खोकीमा रगत देखिनु, छाती दुख्ने, स्वर धोध्रो हुनु यसका प्रमुख लक्षण हुन् ।

निमोनियाः निमोनिया फोक्सामा हुने सङ्क्रमण हो । यो रोग ब्याक्टेरिया, भाइरस वा फङ्गसका कारणले लाग्ने गर्छ । खोकी लाग्ने, ज्वरो आउने, छाती दुःखाइ र सास फेर्न गाह्रो हुने यसका प्रमुख लक्षण हुन् ।

क्षयरोग (टीबी): क्षयरोग एक सङ्क्रामक रोग हो । यो माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाको कारणले लाग्ने गर्छ । यो रोगले फोक्सो लगायत शरीरका विभिन्न अङ्गमा सङ्क्रमण गर्छ । लामो खोकी लाग्ने, खान मन नलाग्ने, हल्का ज्वरो आउने, खकारमा रगत देखिने यसका प्रमुख लक्षण हुन् ।

धुलो–धुवाँ, प्रदूषण, धूमपान र जीवनशैली परिवर्तनका कारण फोक्सोमा स्वास्थ्य समस्या बढ्दै गएको डा. महत बताउनुहुन्छ । निरन्तर खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु, खोकीमा रगत देखिनु, छाती दुख्नु, अत्यधिक थकान हुनु, खान नरुच्नु, तौल घट्दै जाने श्वासप्रश्वाससम्बन्धी रोगका प्रमुख लक्षण हुन् ।

यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श गर्न डा। महतको सुझाव छ । रोग पत्ता लगाएपछि रोगअनुसार उपचार हुने उहाँको भनाइ छ । नियमित स्वास्थ्य परीक्षण र समयमै उपचार गरे फोक्सोका धेरै रोगहरू नियन्त्रणमा राख्न सकिने डा। महतको भनाइ छ ।

रोकथामका उपाय

श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या रोकथामको लागि धूमपान नगर्न, धूलो–धुवाँबाट टाढा रहन, मास्क प्रयोग गर्न र स्वस्थ जीवनशैली अपनाउन डा. महतको आग्रह छ ।

उहाँका अनुसार प्रदूषणबाट फोक्सोलाई बचाउन धुलो, धुवाँ, ढुसीबाट बच्ने, हावा आवत-जावत गर्ने कोठामा बस्ने, धूमपान नगर्ने, प्रदूषित क्षेत्रमा जाँदा मास्क लगाउनु पर्छ । फोक्सोलाई स्वस्थ राख्न खानामा हरियो सागपात, फलफूल समावेश गर्न उहाँको आग्रह छ । नियमित व्यायामले फोक्सोको कार्यक्षमता सुधार गर्न सकिन्छ ।

फोक्सोको सङ्क्रमणबाट जोगाउन सङ्क्रमित व्यक्तिबाट टाढै रहने, सामाजिक दूरी कायम राख्ने, हात धुने, मास्कको प्रयोग गर्ने । सङ्क्रमण भइहालेमा प्रशस्त झोलिलो पदार्थ पिउने, पर्याप्त पानी पिउने । फ्लू र निमोनियाबाट बच्नका लागि खोप लगाउन उहाँको सुझाव छ ।

मुख्य समाचार

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

काठमाण्डौं । आज आठौँ राष्ट्रिय महिला अधिकार दिवस मनाईंदैछ । २०६३ साल जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिला अधिक...
महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्व...
अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

अछाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाण्डौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोड मध्य पहाडी राजमार्गमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ...
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.