Alag Dhar

Day: २०८२ आश्विन १०, शुक्रबार ११:५४

सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । यसका साथै उहाँले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भन्नुभयो। संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिनुभएको…
Read More
नेपाललाई १ करोड २८ लाख डलर अनुदान प्राप्त : मन्त्रिपरिषद् निर्णय

नेपाललाई १ करोड २८ लाख डलर अनुदान प्राप्त : मन्त्रिपरिषद् निर्णय

मकवानपुर । नेपाल सरकारले यही भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई १० लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको छ। यसैगरी काजकिरिया खर्च, खाना खर्च र यातायात खर्चबापत प्रतिपरिवार पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको तर भाग्नेक्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीको हकमा उक्त निर्णय लागू नहुने सरकारले जनाएको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यही बिहीबारको भएको बैठकमा मृतकका परिवारलाई आर्थिक सहयता दिने निर्णय भएको जानकारी दिनुभयो। सञ्चारमन्त्री खरेलले भन्नुभयो,…
Read More
प्रधानमन्त्री कार्कीका नाममा रहेका सबै खाता नक्कली : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्कीका नाममा रहेका सबै खाता नक्कली : प्रधानमन्त्री कार्यालय

मकवानपुर । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ । “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाई फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचाररपोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ ।
Read More
दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो : सडक विभाग

मकवानपुर । सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो । यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा यात्रुहरू ४० घण्टाभन्दा बढी समय ट्राफिक जाममा बस्न बाध्य भएका थिए । विभागका प्रवक्ता प्रभातकुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गर्नुभयो । “दसैँका लागि यात्रु बाहिरिने क्रम सुरु हुनासाथ पहिरोका कारण पृथ्वी, अरनिलगायत मुख्य राजमार्ग नै पूर्ण रूपमा अवरुद्ध भए । यात्रुहरूले…
Read More
सूचना हकलाई व्यवहारमा उतार्ने प्रतिबद्धता मन्त्री खरेलको

सूचना हकलाई व्यवहारमा उतार्ने प्रतिबद्धता मन्त्री खरेलको

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई) महासङ्घले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो । सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि छलफल गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो । महासङ्घले ध्यानाकर्षण पत्रमार्फत राष्ट्रिय सूचना आयोगका वर्तमान पदाधिकारीको पुनरवलोकन र आवश्यक पुनर्गठन गरी सूचनाको हक प्रवर्द्धनमा जिम्मेवार र सक्षम नेतृत्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ । सूचना उपलब्ध गराउने प्रक्रिया सरलीकरण गरी नागरिकलाई सहज, छिटो र…
Read More
दशैँ–तिहारमा सेवा निरन्तरता सुनिश्चित गर्न अस्पताल सञ्चालनको निर्देशन

दशैँ–तिहारमा सेवा निरन्तरता सुनिश्चित गर्न अस्पताल सञ्चालनको निर्देशन

मकवानपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दशै तिहारको बिदामा अस्पतालको सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो । दशैँ, तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रुपले उपयोग गरी आआफ्नो स्वास्थ्य संस्थाबाट बिदाको दिनमा पनि नियमित सेवा र अत्यावश्यक सेवा इमर्जेन्सी, शल्यक्रिया सेवाहरु सदाझैँ यथावत् रुपमा सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
Read More
राष्ट्रिय परिचयपत्रका लागि छ हजारभन्दा बढीले आवेदन

राष्ट्रिय परिचयपत्रका लागि छ हजारभन्दा बढीले आवेदन

मकवानपुर । सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवामा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र आवश्यक गराएपछि चालु आर्थिक वर्षको दुई महिनामा काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढीले आवेदन फारम भरेका छन् । गत साउन र भदौ महिनामा छ हजार ३५० जिल्लाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । साउनदेखि नै यससम्बन्धी सेवाग्राहीको चाप बढ्न थालेपछि कार्यालयले ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिई अलग्गै स्टेशन व्यवस्थापन गरी फोटो खिचाइरहेको छ । हाल कार्यालयमा तीन स्टेशनबाट नागरिकलाई सेवा प्रदान गरिरहेको हो । केही स्थानीय तहले कार्यालयको समन्वयमा वडास्तरमा समेत नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाएका छन् ।…
Read More
भकुण्डे साहित्य उत्सव सम्पन्न

भकुण्डे साहित्य उत्सव सम्पन्न

मकवानपुर । स्याङ्जाको वालिङमा ‘भकुण्डे साहित्य उत्सव–२०८२’ सम्पन्न भएको छ । वडा दसैँ तथा नवदुर्गा पूजाको अवसर पारेर साहित्य उत्सव गरिएको हो । वालिङ नगरपालिका–१० भकुण्डेमा रहेको शिवपार्वती मन्दिरमा चलिरहेको श्रीमद्देवी भागवतमहापुराणम् ज्ञानयज्ञको अवसरमा साहित्यिक कार्यक्रम गरिएको नवदुर्गा पूजा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न विधामा सक्रिय साहित्यकारहरुले आआफ्नो रचना बाचन गरेका साहित्य उत्सव– २०८२ का संयोजक मिलन समीरले जानकारी दिनुभयो । साहित्यिक अभियान ‘वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६’, स्याङ्जाको संयोजनमा बिहीबार साँझ साहित्य उत्सव गरिएको हो । धार्मिक अनुष्ठानको सन्दर्भमा आयोजना गरिएको ऐतिहासिक साहित्य उत्सवमा मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे…
Read More
दुध र अण्डा उत्पादनमा आत्मानिर्भर बन्यो नवलपुर

दुध र अण्डा उत्पादनमा आत्मानिर्भर बन्यो नवलपुर

मकवानपुर । नवलपुरले दुध र अण्डामा आत्मनिर्भर भएको छ । माछा र मासुमा भने आत्ममनिर्भरउन्मुृख भएको बताइएको छ । जनसंख्याका आधारमा हरेक व्यक्तिलाई वार्षिक ९१ लिटर दुध आवश्यक पर्छ । यहाँ एकसय ३२ लिटर दुध उत्पादन हुनेगरेको छ । त्यस्तै अण्डा वार्षिक प्रतिव्यक्ति ४७ गोटा आवश्क पर्नेमा एकसय ८६ गोटा उत्पादन हुनेगरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द नवलपुरले जनाएको छ । कार्यालय प्रमुख डा. शर्मिला कुमालका अनुसार प्रतिव्यक्ति वार्षिक १४ किलो माछा र मासु आवश्यक पर्नेमा हाल १२ दशमलव ५७ किलो उत्पादन हुने गरेको छ । उपलब्धता र आवश्यकताका हिसावले माछा र मासुमा झण्डै डेढ किलो अपुग रहेको डा.…
Read More
माओवादी केन्द्रको बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी

माओवादी केन्द्रको बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक आज दोस्रो दिन प्रज्ञा भवन, कमलादीमा जारी छ। बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरूमाथि विभिन्न टोलीका नेताहरू र बाँकी पदाधिकारीहरूले धारणा राख्ने क्रम जारी छ । यो समाचार तयार पर्दासम्म बैठकमा नन्दकिशोर पुन, वर्षमान पुन, पम्फा भुसाल, देवप्रसाद गुरुङलगायतका वक्ताहरूले आ–आफ्नो धारणा राखिरहनुभएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.