Alag Dhar

दुध र अण्डा उत्पादनमा आत्मानिर्भर बन्यो नवलपुर

मकवानपुर । नवलपुरले दुध र अण्डामा आत्मनिर्भर भएको छ । माछा र मासुमा भने आत्ममनिर्भरउन्मुृख भएको बताइएको छ । जनसंख्याका आधारमा हरेक व्यक्तिलाई वार्षिक ९१ लिटर दुध आवश्यक पर्छ । यहाँ एकसय ३२ लिटर दुध उत्पादन हुनेगरेको छ ।

त्यस्तै अण्डा वार्षिक प्रतिव्यक्ति ४७ गोटा आवश्क पर्नेमा एकसय ८६ गोटा उत्पादन हुनेगरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द नवलपुरले जनाएको छ ।

कार्यालय प्रमुख डा. शर्मिला कुमालका अनुसार प्रतिव्यक्ति वार्षिक १४ किलो माछा र मासु आवश्यक पर्नेमा हाल १२ दशमलव ५७ किलो उत्पादन हुने गरेको छ । उपलब्धता र आवश्यकताका हिसावले माछा र मासुमा झण्डै डेढ किलो अपुग रहेको डा. कुमालले बताउनुभयो ।

हरेक वर्ष माछा मासुको उत्पादन बढिरहेकाले माछा मासुमा पनि आत्मनिर्भर हुन धेरै समय नलाग्ने उहाँको भनाइ छ । यो वर्ष माछा उत्पादनमा ह्रास आएको छ । मत्स्यपालन व्यवसाय तुलनात्मक रुपमा व्यवस्थापन गर्न सजिलो हुने र कृषकले पनि राम्रो आयआर्जन गरिरहेको भए पनि यो वर्ष धेरै माछा पोखरीमा बाढीले असर गरेको किसान कृष्णप्रसाद गुरौले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा नौसय ४१ मेट्रिक टन माछा उत्पादन भएकोमा यो वर्ष घटेर नौसय ६ मेट्रिक टन मात्र उत्पादन भएको मत्स्य व्यवसायी संघका अध्यक्ष इन्द्रमणि भुसालले बताउनुभयो । उहाँका अनुसार यहाँ वार्षिक २३ करोड रुपियाँ बराबरको माछाको कारोवार हुनेगरेको छ ।

माछा पालक किसानले यति ठुलो आम्दानी हुँदा पनि अझै आफूहरु समस्याबाट मुक्त हुन नसकेको गुनासो गरेका छन् । बजार व्यवस्थापन, जीवित माछा ढुवानी, सहुलियतपूर्ण ऋण र व्यावसायिक सीपको अभावका कारण धेरै कठिनाइ भोग्नुपरेको कावासोती –१३ का माछा पालक किसान भुपराज श्रेष्ठले गुनासो गर्नुभयो ।

माछा पालनका लागि नवलपुर गण्डकीकै उत्कृष्ट जिल्लामा पर्छ । मत्स्य पालन र पोखरी सबैभन्दा बढी भएको जिल्ला पनि नवलपुर हो । यहाँ १८ सय ४ रोपनी जलासय क्षेत्रमा १५ सय ७४ वटा माछा पोखरी रहेको पशु सेवा विज्ञ केन्दका अधिकारीहरुको भनाइ छ ।

संघका अध्यक्ष इन्द्रमणि भुसालले माछा पालक किसानहरूको जीवनस्तर उकास्न राज्यबाट पर्याप्त सहयोग नभएका कारण समस्या समाधानमा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग उत्पादन गर्ने क्षमता छ, तर पूँजीको कमी, व्यावसायिक सीप र भारतबाट आयात हुने गुणस्तरहीन माछाका कारण समस्या भएको छ ।’’

भेटेरिनरी अस्पताल तथा पशु सेवा सेवा केन्द्रकी प्रमुख डा. कुमालले किसानका लागि तालिम तथा राहत वितरण हुँदैआएको र आगामी दिनमा क्वारेन्टाइन व्यवस्थापन र बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन कार्यालय लागिपर्ने बताउनुभयो ।

उहाँले भारतबाट मरेको माछालाई प्याक गरेर ल्याउने गरेको, स्वास्थ्यका लागि हानिकारण फर्मालिन केमिकल हालिएको माछा आउने भएकाले केही महँगो परे पनि नेपाली माछा प्रयोग गर्न आग्रह गर्नुभयो । यहाँ उत्पादित माछा जिल्लाभित्र मात्र नभई चितवन, रुपन्देही हुँदै काठमाडौं उपत्यकासम्म आपूर्ति हुँदै आएको उहाँले बताउनुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.