Alag Dhar

‘राजनीतिप्रति घृणा फैलाउने काम भइरहेको छ’

मकवानपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलाएर मुलुकलाई गतिहीन बनाउने प्रयास भइरहेको बताउनुभएको छ । मुलुकलाई गन्तव्यहीन बाटोमा लैजान खोज्नेहरुप्रति सचेत रहन उहाँले आग्रह गर्नुभएको छ ।

प्रेस चौतारी नेपालका प्रतिनिधिहरुसँग भक्तपुर गुन्डुस्थित निवासमा अध्यक्ष ओलीले छलफल गदैै सो कुरा बताउनुभएको हो । ‘प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो रु यसलाई आम पार्टी पङ्ति लोकतान्त्रिक शक्तिले खबरदारी गर्न म अपील गर्छु।’

राजनीतिक दलको झण्डा देश बचाउनका लागि उठाइने भएकाले दलबिहीन अवस्थाले मुलुकलाई हित नगर्ने भन्दै उहाँले थप्नुभयो, ‘विवेक शून्य, क्षतिग्रस्त दिमाग, क्षतिग्रस्त लक्ष्यले अराजकताको पैरवी गर्दछ ।’ लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैलाएर अर्को कुन व्यवस्था र तन्त्र ल्याउन खोजिएको हो रु उहाँले प्रश्न गर्नुभयो ।

सरकारी संरचनामा आगजनी गर्ने काम जेनजी पुस्ताबाट नभएको अध्यक्ष ओलीको भनाइ छ । ‘जेनजीका माग ठिक छन् । भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शीताको मागमा कसैको बिमति होइन’ अध्यक्ष ओलीले भन्नुभयो ‘जेनजी पुस्ताले नेपालको राष्ट्रिय झण्डा ओडेर सिंहदरबारमा आगो लगाउन सक्दैन । नेपाली कांग्रेसका सभापति शेरबहादुरजी र आरजुजीलाई त्यस्तो अमानवीय व्यवहार जेनजी पुस्ताले गर्न सक्दै सक्दैन । जेनजी पुस्तालाई देशको माया छ, उ सँग विवेक छ ।’

प्रतिशोधको भावले सामाजिक सदभाव भडकाउने गरी अभिव्यक्ति दिएर सामाजिक मूल्य, मान्यता समाप्त पार्न खोजिएको अध्यक्ष ओलीले बताउनुभयो । सांस्कृतिक धरोहरहरुलाई पूर्णरुपमा ध्वस्त बनाउनु सांस्कृतिक बिचलन भएको उहाँले बताउनुभयो ।

मुलुकले यति ठूलो क्षति कहिल्यै बेहोर्नु नपरेको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘यो क्षतिले समाज र देश विकासमा चौथाई शताब्दी पछाडी ढकेलिदिएको छ । अब खरानीबाट उठ्नु पर्ने अवस्था छ । आउने पुस्ता सुख, समृद्धिमा बाँच्न पाउनुपर्छ भन्ने हो । तर जुन ढंगले अघि बढ्न खोजिएको छ । यसबाट समृद्धिको गन्तव्यमा नयाँ पुस्तालाई पुग्न दिँदैन ।’

दलहरु मुलुकप्रति जिम्मेवार रहेकाले दलभित्रै व्यवस्थापन र समाधान खोजिने उहाँले बताउनुभयो । प्रेस तथा वाक स्वतन्त्रता हिजोको दिनमा पनि लडेरै लिएकाले सत्यतामा अडिग रहेको समाचार, विचार संप्रेषण गर्न पत्रकारहरुलाई अध्यक्ष ओलीले आग्रह गर्नुभयो ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.