Alag Dhar

अनुगमन अभियान तीव्र, म्याद गुज्रेका सामग्री बरामद

मकवानपुर । चाडपर्वलाई लक्षित गरी सल्यानमा बजार अनुगमन तीव्र बनाइएको छ । जिल्लाको विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा ७२ हजार ४८० रुपियाँ मूल्य बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको हो ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालु आव २०८२–८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माको नेतृत्वमा सिद्धकुमाख गाउँपालिकाको ढोरचौर र मोखला बजार क्षेत्रमा अनुगमन गरिएको थियो । अनुगमनमा पाँच वटा पसलबाट दुई हजार ४८० रुपियाँ बराबरका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको उद्योग कार्यालयका सूचना अधिकारी ध्रुवबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसैगरी त्रिवेणी गाउँपालिकाले पनि बुधबार विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको थियो । उपाध्यक्ष सीता खड्का पुन र प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीको संयोजकत्वमा छुट्टाछुट्टै खटिएको टोलीले तल्लो काभा, माथिल्लो काभा, रिखेबजार, लुहाम, लोटाउने, ढुंगी बजारलगायत स्थानमा अनुगमन गर्दा करिब ७० हजार रुपियाँ मूल्य बराबरका जंक फुड, पेय पदार्थ, कस्मेटिक, भेटनरीजन्य औषधी तथा बिउबिजन म्याद गुज्रिएको अवस्थामा बरामद गरी नष्ट गरेको थियो ।

गत वर्ष करिब दुई लाख बराबरका म्याद गुज्रिएका सामग्री बरामद भए पनि यस वर्ष तुलनात्मक सुधार देखिएको छ । तर पनि पूर्ण सुधार नभएको गाउँपालिकाले जनाएको छ । व्यवसायीमध्ये ७० प्रतिशतलाई म्याद गुज्रेका सामग्रीको पहिचानबारे जानकारी नभएको, बाँकी ३० प्रतिशतलाई ज्ञान भए पनि सामान भण्डारण गर्ने तरिकामा कमजोरी देखिएको प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।

जिल्लाभर सुरु गरिएको बजार अनुगमनलाई जिल्ला प्रशासन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र स्थानीय तहले संयुक्त रूपमा अघि बढाइरहेका छन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले स्वच्छ बजार कायम गर्न जिम्मेवार व्यवसायी र सचेत उपभोक्ता दुवै आवश्यक हुने बताउँदै म्याद गुज्रिएका सामग्रीको खरिद बिक्री नगर्न र उपभोक्तालाई सजग रहन आग्रह गर्नुभएको छ ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.