Alag Dhar

भकुण्डे साहित्य उत्सव सम्पन्न

मकवानपुर । स्याङ्जाको वालिङमा ‘भकुण्डे साहित्य उत्सव–२०८२’ सम्पन्न भएको छ । वडा दसैँ तथा नवदुर्गा पूजाको अवसर पारेर साहित्य उत्सव गरिएको हो ।

वालिङ नगरपालिका–१० भकुण्डेमा रहेको शिवपार्वती मन्दिरमा चलिरहेको श्रीमद्देवी भागवतमहापुराणम् ज्ञानयज्ञको अवसरमा साहित्यिक कार्यक्रम गरिएको नवदुर्गा पूजा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न विधामा सक्रिय साहित्यकारहरुले आआफ्नो रचना बाचन गरेका साहित्य उत्सव– २०८२ का संयोजक मिलन समीरले जानकारी दिनुभयो । साहित्यिक अभियान ‘वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६’, स्याङ्जाको संयोजनमा बिहीबार साँझ साहित्य उत्सव गरिएको हो ।

धार्मिक अनुष्ठानको सन्दर्भमा आयोजना गरिएको ऐतिहासिक साहित्य उत्सवमा मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, डोलराज डुम्रे विकल्प, हरि पङ्गेनी र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका थिए ।

यस्तै गजलकारहरु अजित काफ्ले, गुरुप्रसाद ढकाल, खगेन्द्रजंग थापा र नारायण न्यौपानेले गजल वाचन गरेका थिए ।

कविहरु अनन्त अर्याल, वसन्त खनाल, चण्डिकाप्रसाद भट्टराई, बोधराज न्यौपाने, ध्रुवप्रसाद शर्मा पङ्गेनी, दिलीप तिवारी, ढालबहादुर के.सी., इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, खगेन्द्र अर्याल, नारायणप्रसाद रेग्मी, प्रेमबन्धु सुवेदी, राजु गैह्रे, शम्भु अर्याल, सुरेश पङ्गेनी, पूजा रेग्मी, बुढा सम्धी, लक्ष्मीप्रसाद रेग्मी, पवन अधिकारी र निखिलनारायण रेग्मीले कविता वाचन गरेका थिए ।

पण्डित प्रकाश तिवारीद्वारा कथा वाचन गरिएको ज्ञान यज्ञ १५ गते सम्म सञ्चालन हुने आयोजक समितिका उपाध्यक्ष उपाध्यक्ष विष्णु सुवेदी गैह्रेले जानकराी दिनुभयो ।

मुख्य समाचार

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

कांग्रेसले विपक्षी दलहरूको बैठक बोलायो

काठमाण्डौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि नेपाली कांग्रेसले विपक्षी दलहरूक...
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर ...
हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

हावाहुरीको पूर्वानुमान, सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने ...
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.