Alag Dhar

एक सयभन्दा बढी प्रहरीको निःशुल्क आँखा परीक्षण

मकवानपुर ।जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत करिब एक सय जनाभन्दा बढी प्रहरीको निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको छ । विश्व दृष्टि दिवस तथा ७० औं प्रहरी दिवसको अवसरमा आँखा जाँच तथा चस्मा वितरण गरिएको हो ।

नेपाल नेत्रज्योति सङ्घ डा. रामप्रसाद आँखा अस्पताल धनकुटाको आयोजनामा आँखा जाँच कार्यक्रममा गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतका प्रहरी पोष्टमा कार्यरत करिब एक सयभन्दा बढीको निशुल्क जाँच गरी चस्मा समेत वितरण गरिएको थियो । दैनिक जनताको सेवामा खटिने प्रहरीलाई सहज र सरल होस् भन्ने उद्देश्यले निःशुल्क आँखा जाँच गरी चस्मा वितरण गरिएको डा।रामप्रसाद पोख्रेल अस्पतालका केन्द्रीय प्रवक्ता द्रोणप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी दैनिक आफ्नो सेवामा खटिनुपर्ने भएकाले आँखा परिक्षण गर्न अस्पतालमा नपुगेको अवस्थामा प्रहरी कार्यालयमा नै आएर आँखा परीक्षण गरी चस्मा लगाउनुपर्ने अवस्थामा निःशुल्क वितरणसमेत गरेका छौं, उहाँले भन्नुभयो ।

यस्तै आँखा जाँच ट्राफिक प्रहरी र प्रहरी कार्यालयमा कार्यरत कर्मचारीहरुको समेत गरिएको थियो । यस्तै देशभरिका सबै प्रहरीहरुको आँखा जाँच गरिएको जनाइएको छ । नेपालभर रहेका २८ वटा आँखा अस्पताल जसले भेट्ने साथै सहज हुने स्थानमा नेपाल प्रहरीको आँखा जाँच गरिने जनाइएको छ ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.