Alag Dhar

Day: २०८२ आश्विन २३, बिहीबार ११:५१

रकम रोकिँदा उपचार सेवा ठप्प हुने अवस्था

रकम रोकिँदा उपचार सेवा ठप्प हुने अवस्था

मकवानपुर । दुई हप्ताअघि भेरी अस्पतालको एमआरआई सेवा एक हप्तासम्म ठप्प भयो । भेरी अस्पतालले सप्लायर्सहरूलाई समयमै रकम भुक्तानी दिन नसक्दा सेवा ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट निराजन सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालमा स्वास्थ्य सेवा विभागले विपन्न नागरिक उपचारका लागि छुट्याएको रकम पठाएको छैन । सप्लायर्सहरूको बक्यौता अस्पतालले तिर्न सकेको छैन । पैसा नहुँदा हामीलाई स्वास्थ्य सामग्री तथा उपकरणहरू दिने कम्पनीले उधारोमा सामग्री दिएनन् । त्यही कारण समस्या आएको हो ।’ ‘सेवा नै बन्द भएपछि तीन महिनाको रकम आयो । त्यसले अलि भए पनि उधारो तिर्न सकियो र २–३ हप्तालाई पुग्ने सामान मगाउन सक्यौं । त्यसपछि के…
Read More
पानीमा डुबेर वृद्धको ज्यान गयो

पानीमा डुबेर वृद्धको ज्यान गयो

मकवानपुर । बर्दियामा ६० वर्षीय एक ज्येष्ठ नागरिक महिलाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–१, बडकी टडुवाकी क्याउली थरुनी रहनुभएको छ । गत आइतबारदेखि हराइरहेकी क्याउलीको खोजतलास गर्नेक्रममा सिँचाइ नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला पर्नुभएको हो । उनी घरदेखि आठसय मिटर पश्चिमतर्फ सिँचाइ नहरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले बताउनु भयो । उहाँले मृतक थारुनीको शव बर्दिया अस्पतालमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको बताउनुभयो ।
Read More
पौने चार सय कैदीबन्दी फर्के, तीन सय अझै फरार

पौने चार सय कैदीबन्दी फर्के, तीन सय अझै फरार

मकवानपुर । कैलाली कारागारबाट भागेका ३७३ जना कैदीबन्दी कारागार फर्केका छन् । स्थानीय प्रशासनले फर्कनका लागि तोकेको समय सीमासम्म सो सङ्ख्यामा कैदीबन्दी फर्केका हुन् । कारागारबाट फरार भएका कैदीलाई फर्कन स्थानीय प्रशासनले असोज २० गतेसम्मको समय सीमा दिएको थियो । फर्केकामध्ये ११ जना कैद भुक्तान गरेर छुटिसकेका छन् । कैदीबन्दीलाई फर्कन तोकिएको समय सीमा सकिएकाले नफर्केका कैदीबन्दीलाई अब पक्राउ गरिने जेलर चिरञ्जिवी सापकोटाले बताउनुभयो । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६६ जना कैदीबन्दी फरार भएका थिए । अझै २९२ कैदीबन्दी फरार रहेका छन् ।
Read More
डाइभर्सन बनाएर हुलाकी राजमार्ग सुचारु

डाइभर्सन बनाएर हुलाकी राजमार्ग सुचारु

मकवानपुर । सर्लाहीको कौडेनामा बाढीले बगाएर अवरुद्ध बनेको पूर्वपश्चिम हुलाकी राजमार्गमा भाइभर्सन बनाएपछि बिहीबारबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालन हुन थालेका छन् । भीषण वर्षापछि गत शनिबार राति लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३, पर्सा गाउँ नजिकै १५० मिटर पक्की सडक बगाएको थियो । उक्त स्थानमा हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाले समन्वय गरी अस्थायी डाइभर्सन निर्माण गरेसँगै बिहीबार बिहानबाट चार पाङ्ग्रे सवारी साधन गुड्न थालेका हुन् । कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले दुई दिन र दुई रातको अथक प्रयासपछि डाइभर्सन निर्माण गरेर राजमार्ग सुचारु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘वान वे’ अर्थात् एक…
Read More
स्वर्ण विजेता एरिकालाई स्वागत

स्वर्ण विजेता एरिकालाई स्वागत

मकवानपुर । मलेसियामा भएको विश्व कराते सिरिज–१ मा स्वर्ण पदक विजेता एरिका गुरुङलगायत खेलाडी टोलीलाई स्वागत गरिएको छ । मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिता एरिकाले ६८ केजीमाथि स्पर्धाको फाइनलमा एरिकाले ट्युनिसियाकी तेस्निम मास्कनीलाई २–० ले हराउँदै स्वर्ण जित्नुभएको हो । बुधबार राति स्वदेश फर्कनुभएकी एरिकालगायत टोलीलाई नेपाल कराते महासङ्घका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेर भब्य स्वागत गरेका हुन् । एरिकाले रिज–१ को प्रिक्वाटरफाइनलमा पोर्चुगलकी लोरेनजो हेलना, क्वाटरफाइनलमा जर्मनीकी रोहलमान चार्लोट र सेमिफाइनलमा चेक गणतन्त्रकी हकोभा अमाल्जीलाई पराजित गर्नुभएको थियो । हिमालयन वारियर नामले प्रख्यात एरिका १९औँ एसियाली खेलकुदमा रजत पदक जितेर चर्चामा आउनुभएको थियो । त्यसपछि उहाँले २०औँ सिनियर एकेएफ…
Read More
पार्टी सभापति देउवाको अनुपस्थितिमा कांग्रेस बैठक

पार्टी सभापति देउवाको अनुपस्थितिमा कांग्रेस बैठक

मकवानपुर । नेपाली कांग्रेसको पदाधिकार तथा पूर्व पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । भदौ २४ गते सभापति देउवामाथि कुटपिट हुनुका साथै बूढानीलकण्ठमा रहेको उहाँको निवासमा आगजनी गरिएपछि उहाँ सार्वजनिक कार्यक्रममा देखिनुभएको छैन । सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय २०८२ भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगजनी भएपछि पार्टी कार्यालयमा बसेको यो पहिलो बैठक हो । जलेको भवनको एउटा कोठामा मर्मत गरी रङरोगन लगाएपछि बैठक बसेको जानकारी दिइएको छ । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहितका नेताहरू सहभागी हुनुहुन्छ । कांग्रेसको यो पदाधिकारी बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिका बैठकका लागि विषयहरू…
Read More
हुलाकलाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल

हुलाकलाई आधुनिक र प्रतिस्पर्धी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल

मकवानपुर ।सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले हुलाकलाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने बताउनुभएको छ । एक सय ५१ औं विश्व हुलाक दिवस, २०२५ को अवसरमा ‘नागरिकका लागि हुलाक स् स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने मूल नाराका साथ हुलाक सेवा विभागले बिहीबार आयोजना गरेको ‘हुलाक टिकटमा टाँचा प्रदान तथा बृहत हुलाक टिकट प्रदर्शनी कार्यक्रम’ मा उहाँले सो कुरा बताउनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “विश्वव्यापीरुपमा हुलाकको कुरा गरिराख्दा मलाई के लाग्छ भने हुलाकलाई आधुनिक बनाउने, प्रतिस्पर्धी बनाउनुपर्छ र हुलाकलाई व्यावसायिक बनाउनु पर्छ । यो जुन अभियान हामीले अगाडि बढाउँदैछौं, विश्वव्यापीरुपमा यसको पहुँच बढाउन सक्छौं ।” हुलाकले ऐतिहासिक एवम् गर्विलो इतिहास बोकेको…
Read More
कृषकलाई धानबाली भित्र्याउने चटारो

कृषकलाई धानबाली भित्र्याउने चटारो

मकवानपुर । जिल्लाका किसानलाई अहिले धानबाली भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सबैभन्दा ठुलो फाँट झिमरुक फाँटमा यतिबेला किसानहरु धान भित्र्याउने चटारो छ । पानी पर्ने मौसम पूर्वानुमानले धान नकाटी बसेका किसान अहिले धान काट्न र थ्रेसर लगाउन व्यस्त छन् । दसैंअघि नै पाकिसके पनि पानी पर्ने पूर्वानुमानले धान नकाटेको र अहिले धान भित्र्याउन चटारो भएको किसान रिमबहादुर घर्तीले बताउनुभयो । “पानी पर्ने डरले धान काटिएन” उहाँले भन्नुभयो, “अहिले काम गर्न भ्याइनभ्याई छ ।” तिहारअघि नै धानबाली भित्र्याउन सबै किसान लागिपरेको उहाँको भनाइ छ । सिँचाइको राम्रो सुविधा भएको झिमरुक फाँटमा समयमै धान रोप्ने र समयमै उत्पादन हुने गर्दछ । अझ…
Read More
पूर्व उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर

पूर्व उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर

मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ लिई संस्थालाई आर्थिक हानि पुर्‍याएको आरोपमा विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको जानकारी आयोगले दिएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार, एमआरआई मेसिन खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को उल्लङ्घन गर्दै बदनियतपूर्वक निर्णय, प्रक्रिया र मूल्याङ्कन गरिएकाले प्रतिष्ठानलाई करिब ६२ लाख रुपियाँभन्दा बढी आर्थिक क्षति पुर्‍याइएको ठहर गरिएको हो। मेसिन खरिदमा खरिद आवश्यकताको पहिचान र गुरुयोजना बिना बजेट माग, निश्चित कम्पनीलाई मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेसन…
Read More
लमजुङमा ४७ जनामा डेंगु संक्रमण पुष्टि

लमजुङमा ४७ जनामा डेंगु संक्रमण पुष्टि

मकवानपुर । लमजुङमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । असोज २२ गतेसम्म जिल्लामा ४७ जना डेङ्गु संक्रमित भएका छन् । बेसीसहरस्थित प्रदेश अस्पतालसहित जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेका स्वास्थ्य केन्द्रहरुमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी उपचारका लागि आउनेको संख्या बढ्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार असोज १ गतेदेखि २२ गतेसम्म जिल्लामा ४७ जनामा डेङ्गु संक्रमण पुष्टि भएको पाइएको छ । सदरमुकाम बेसीशहरमा मात्रै असोज महिनामा २५ जना डेङ्गुका विरामी अस्पताल पुगेको प्रदेश जनस्वास्थ्य कार्यलय लमजुङका प्रमुख प्रविण कुमार खनालले बताउनुभयो । त्यस्तै सुन्दरबजारमा १४ जना, राइनासमा ४ जना र मध्यनेपालमा ४ जना डेङ्गु संक्रमित भेटिएको जनस्वास्थ्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.