Alag Dhar

रकम रोकिँदा उपचार सेवा ठप्प हुने अवस्था

मकवानपुर । दुई हप्ताअघि भेरी अस्पतालको एमआरआई सेवा एक हप्तासम्म ठप्प भयो । भेरी अस्पतालले सप्लायर्सहरूलाई समयमै रकम भुक्तानी दिन नसक्दा सेवा ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट निराजन सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अस्पतालमा स्वास्थ्य सेवा विभागले विपन्न नागरिक उपचारका लागि छुट्याएको रकम पठाएको छैन । सप्लायर्सहरूको बक्यौता अस्पतालले तिर्न सकेको छैन । पैसा नहुँदा हामीलाई स्वास्थ्य सामग्री तथा उपकरणहरू दिने कम्पनीले उधारोमा सामग्री दिएनन् । त्यही कारण समस्या आएको हो ।’

‘सेवा नै बन्द भएपछि तीन महिनाको रकम आयो । त्यसले अलि भए पनि उधारो तिर्न सकियो र २–३ हप्तालाई पुग्ने सामान मगाउन सक्यौं । त्यसपछि के हुने हो थाहा छैन’ भेरी अस्पतालमा विपन्न नागरिक उपचारका लागि छुट्याएको तीन करोड रुपियाँ आएको छैन ।

विपन्न नागरिक उपचारभित्र हेड इन्जरी, स्पाइनल, सिकलसेल, डायलायसिस, मुटु रोग लगायतका आठ प्रकारका गम्भीर रोगको उपचारमा समस्या भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मेडिकल सुपरिटेन्डेन्ट निराजन सुवदीले भन्नुभयो, ‘अस्पताल ब्रेकडाउनको स्थितिमा पुगेको छ । कि पैसा दिन्नौं भन्नुर्छ, नत्र समयमै भुक्तानी दिनुपर्छ ।’

बिमा रकम रोक्का

नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्य बिमा बोर्डले समेत पठाउनुपर्ने रकम समेत पठाएको छैन । बिमा बोर्डले स्वास्थ्य बिमाको सेवाग्राहीको उपचार सेवा प्रवाह गरेबापतको करिब २० करोड बराबरको रकम नपठाएको हो । भेरी अस्पतालका प्रमुख डा. सुवेदीले बोर्डबाट रकम आउन नसक्दा ल्याब र फार्मेसी सञ्चालन गर्न कठिन भएको बताउनुभयो ।

डा. सुवेदीले भन्नुभयो, ‘२०८१ कात्तिक महिनादेखिको बिमा रकम भुक्तानी भएको छैन । २० करोड रकम फसेपछि कसरी अस्पतालको सेवा प्रभावकारी हुन्छ ।’ हाल भेरी अस्पतालमा ६० प्रतिशतसम्म बिरामीले स्वास्थ्य बिमा अन्तर्गतको सेवा लिइरहेका छन् ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.