Alag Dhar

डाइभर्सन बनाएर हुलाकी राजमार्ग सुचारु

मकवानपुर । सर्लाहीको कौडेनामा बाढीले बगाएर अवरुद्ध बनेको पूर्वपश्चिम हुलाकी राजमार्गमा भाइभर्सन बनाएपछि बिहीबारबाट चार पाङ्ग्रे सवारी साधन सञ्चालन हुन थालेका छन् ।

भीषण वर्षापछि गत शनिबार राति लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३, पर्सा गाउँ नजिकै १५० मिटर पक्की सडक बगाएको थियो । उक्त स्थानमा हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाले समन्वय गरी अस्थायी डाइभर्सन निर्माण गरेसँगै बिहीबार बिहानबाट चार पाङ्ग्रे सवारी साधन गुड्न थालेका हुन् ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले दुई दिन र दुई रातको अथक प्रयासपछि डाइभर्सन निर्माण गरेर राजमार्ग सुचारु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ‘वान वे’ अर्थात् एक पटकमा एउटा मात्रै चार पाङ्ग्रे सवारी वारपार गर्न मिल्ने गरी डाइभर्सन निर्माण गरिएको छ ।

बाढीले सडक बगाएको ठाउँ नजिक इँटा उद्योगबाट फुटेका इँटा र माटो ल्याएर डाइभर्सन तयार पारिएको हो । सर्लाहीको दक्षिण–पश्चिम भेगलाई सदरमुकाम मलङ्गवासँग जोड्ने मुख्य सडकको रूपमा रहेको पूर्वपश्चिम हुलाकी राजमार्ग बाढीले बगाएपछि समस्या परिरहेको थियो ।

यो ठाउँमा यसअघि स्थानीय युवा र सुरक्षाकर्मी भएर बाँस र पटाको लच्का निर्माण गरी पैदलयात्रु, साइकल र मोटरसाइकल वारपार हुने व्यवस्था मिलाएका थिए । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर बनाएको बाँस र पटाको लच्का पुरेर त्यही ठाउँमा अस्थायी डाइभर्सन बनाइएको बताउनुभयो ।

कौडेनामा बर्सेनिजसो लखन्देहीको बाढी पसेर हुलाकी सडक बगाउने गरेकाले अब भने कलभर्ट निर्माण गरेर पानी निकास हुने व्यवस्था मिलाउन पहल भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरले जनाएको छ । कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णकुमार महतोले बारम्बार बाढी आएर क्षति गरिरहने कौडेनामा कलभर्ट निर्माणका लागि माथिल्लो निकायमा बजेट माग गर्दै प्रतिवेदन पठाइएको बताउनुभयो ।

यस ठाउँमा कलभर्ट निर्माण गर्न पाए बाढी आएर सडक बगाउने समस्या सधैँका लागि अन्त्य हुने उहाँको भनाइ छ । उहाँले बजेट अभावका कारण तत्कालै कलभर्ट निर्माणको काम सुरु गर्न भने समस्या रहेको जानकारी दिनुभयो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.