Alag Dhar

गुल्मीमा जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता

मकवानपुर । निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएपछि जिल्ला-जिल्लामा अभियान चलिरहेको छ । गुल्मीमा नागरिकको सहजताका लागि निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा दसैँपछि सेवाग्राहीको अत्यधिक भिड छ । प्रशासन आएका नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीमा नाम दर्ताको काम एकै ठाउँबाट हुने भएकाले एउटा दर्ता स्टेसन राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेल जानकारी दिनुभयो ।

प्रशासन कार्यालयबाट २४ गते ३७ र २५ गते ४५ जनाले मतदाता नामावलीमा आफ्नो विवरण दर्ता गराएका छन् । निर्वाचन आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ताको सेवा प्रदान गरिएको गैरेले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्कबहादुर श्रीसका अनुसार ३१४ जना नयाँ मतदाता थपिएका छन् । बाहिरी जिल्लाका छ जनाले गुल्मीबाट मतदाता नामावली दर्ता गराएको श्रीसले बताउनुभयो ।

गत असार १७ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने कार्य रोकिएको थियो । अहिले पुनः असोज १० गतेबाट उत्साहजनक रूपमा मतदाता नामावलीमा आफ्नो नाम अद्यावधिक गर्ने अभियान सुरु भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत क्रृषिराम घिमिरेले जानकारी दिनुभयो । अहिले निर्वाचन कार्यालय र जिल्ला प्रशासन दुबै ठाउँबाट मतदाता नामावली दर्ता भइरहेको घिमिरेले बताउनुभयो ।

केही दिन दसैँ बिदाका कारण कार्यालय बन्द रहे । दैनिक सङ्ख्या बढ्दै गएको छ । आयोगले तोकेको आगामी कार्तिक मसान्तको समय सीमाभित्र पाँचदेखि आठ हजारले नामावली अद्यावधिक गराउने आफुहरूको अनुमान रहेको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो । उहाँले परदेशबाट आएका, नयाँ उमेर समुहका र घरमै रहेर पनि नामावली अद्यावधिक नगरेकाहरू विवरण दर्ताका लागि अहिले कार्यालयमा आएको बताउनुभयो ।

मुख्य समाचार

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । मंगलबार ...
आज सुनको भाउ आज सामान्य बढ्यो

आज सुनको भाउ आज सामान्य बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ ह...
आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना  छ । साथै आज राति कोशी, बाग...
यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

यात्रा र ढुवानी सहज बनाउन हेटौँडा–काठमाण्डौ आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने

काठमाण्डौ । आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाण्डौ–हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ । आजदेखि साना यात्रुवाहक गाडीलाई ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.