Alag Dhar

Day: २०८२ आश्विन २६, आईतवार ११:२७

सूचना विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल

सूचना विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताउनुभएको छ । विभागको अनुगमन निरीक्षणपछि आज आयोजित कार्यक्रममा उहाँले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नुपरेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो, “यो दर्ता प्रक्रिया सम्भवतः तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरुले झण्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।” आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै…
Read More
प्रेस काउन्सिललाई मन्त्रालयले हस्तक्षेप गर्दैन स् मन्त्री खरेल

प्रेस काउन्सिललाई मन्त्रालयले हस्तक्षेप गर्दैन स् मन्त्री खरेल

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायका रुपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज मन्त्री खरेलको सम्मानमा आयोजित स्वागत कार्यक्रममा उनले आमनिर्वाचन आउँदै गरेको तथा राजनीतिक दलका गतिविधि बढिरहेका बेला काउन्सिललाई परिणाममुखी काम गर्न आग्रह गरे । उनले नागरिकस्तरबाट सञ्चालन भएका व्यक्तिगत सामाजिक सञ्जाल राज्यका निकायले अनुगमन र नियमन गरी कारबाहीको दायरामा ल्याउने विषयमा काउन्सिल गम्भीर बन्नुपर्ने पनि बताए । मुलुक आम निर्वाचनको तयारी गरिरहेको अवस्थामा आचारसंहिताको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै मन्त्री खरेलले भने, ‘प्रेस काउन्सिल स्वायत्त निकाय…
Read More
फापर थन्क्याउनमा व्यस्त मनाङी किसान

फापर थन्क्याउनमा व्यस्त मनाङी किसान

मकवानपुर । दसैँ सकिएलगत्तै मौसममा सुधार आएपछि मनाङका किसान परम्परागत रैथाने बाली फापर थन्क्याउन व्यस्त छन् । मनाङको पिसाङ, भ्राका, माथिल्लो मनाङलगायत क्षेत्रका किसानहरू यहाँको रैथाने बाली काट्ने, चुट्ने तथा सुकाउने कार्यमा तल्लीन छन् । घरायसी प्रयोजन, धार्मिक अनुष्ठान, व्यावसायिक प्रयोजन तथा विदेशमा बस्ने आफ्ना आफन्तजनलाई कोसेलीका रूपमा पठाउने उद्देश्यले यहाँका किसानले रैथाने फापर खेती गर्दै आइरहेका छन् । वर्ष दिनमा एक बाली मात्र उत्पादन हुने मिठो फापर काट्न व्यस्त भएको पिसाङका कृषक रामबहादुर गुरुङ (मुखिया) ले बताउनुभयो । पिसाङका खेतबारीमा फापर छरेको दिनदेखि औसत सय दिनमा मिठो फापर पाक्ने र घाम लागेको मौकाछोपी खेती थन्क्याउन लागेको मनाङ ङिस्याङ पिसाङ–१,…
Read More
मेची राजमार्गको वैकल्पिक सडक खोलिदै

मेची राजमार्गको वैकल्पिक सडक खोलिदै

मकवानपुर ।मेची राजमार्ग अवरुद्ध भएको सात दिन बित्दा पनि सडक सूचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ । मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सकडमा भित्रभित्रै जमिन बग्ने समस्या निरन्तर भएपछि तत्कालको समाधानका लागि गोदक सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो । यो मार्गलाई यसअघि पनि वैकल्पिक मार्गका रुपमा तयार गरिंदैआएको थियो । यही मार्गमा पर्ने जोगमाई खोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा गएको असारमा मात्र हालिएको बेली ब्रिज गएको असोज १८ को बाढीले बगाएपछि इलाम सदरमुकाम जोड्ने वैकल्पिक सकड समेत अवरुद्ध बनेको थियो । यता…
Read More
पर्सामा हैजाविरुद्धको खोप अभियान

पर्सामा हैजाविरुद्धको खोप अभियान

मकवानपुर ।सरकारले आइतबार (असोज २६ गते ) देखि पर्सा जिल्लामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आइतबारदेखि जिल्लाको सबै पालिकामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको जानकारी दिनुभयो । यो खोप एक वर्षमाथिका सबैलाई दिइने उहाँको भनाइ छ । यो अभियानमा खोप एक पटक खुवाइने छ । खोप सुरक्षित भएकाले ढुक्क भएर खान उहाँको आग्रह छ । खोपबारेमा थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह सकिन्छ । त्यस्तै, सरकारले असोज २८ गतेदेखि बारा जिल्लाका ६ वटा…
Read More
शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

शुक्लाफाँटामा आधुनिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

मकवानपुर । शुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहोरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहोरलाई छुट्याएर राख्छन् । केन्द्रमा सङ्कलित फोहोरलाई वर्गीकरण गरेपछि कुहिने फोेहोरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहोरलाई कबाडीमा बिक्री गरिन्छ । रु ३० करोड २५ लाख लगानीमा निर्माण भएको फोहोर व्यवस्थापन केन्द्र तीन दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब छ मेट्रिकटन क्षमता भएको केन्द्रमा अहिले दैनिक दुईदेखि तीन मेट्रिकटन मात्रै फोहोर सङ्कलन भइरहेको एकीकृत फोहोर व्यवस्थापन केन्द्रका इन्जिनियर जयन्त भट्टले जानकारी दिनुभयो…
Read More
आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

मकवानपुर ।आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । आइतबार अपरान्ह ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका छन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
Read More
फूल किसानको गुनासो : उचित मूल्य पाएनौं, सरकारले तोकिदेओस्

फूल किसानको गुनासो : उचित मूल्य पाएनौं, सरकारले तोकिदेओस्

मकवानपुर । नेपाली किसानहरुले मखमली फूलको मालाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । साथै उनीहरुले मूल्य निर्धारण गरिदिन पनि माग गरेका छन् । भक्तपुर गुण्डुका किसान सहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको बताए । पछिल्लो तीनरचार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ। ‘१० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुन्छ,’ उनले भने । गुण्डुकै किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको उचित मूल्य नपाएको बताइन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएको बताउने थापाले…
Read More
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार उहाँ अस्पतालमा भर्ना हुनुभएकामा उहाँको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज हुनुभएको हो ।
Read More
गुल्मीमा जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता

गुल्मीमा जिल्ला प्रशासन र निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता

मकवानपुर । निर्वाचन आयोगले कात्तिक मसान्तसम्म जुनसुकै निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताएपछि जिल्ला-जिल्लामा अभियान चलिरहेको छ । गुल्मीमा नागरिकको सहजताका लागि निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा दसैँपछि सेवाग्राहीको अत्यधिक भिड छ । प्रशासन आएका नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीमा नाम दर्ताको काम एकै ठाउँबाट हुने भएकाले एउटा दर्ता स्टेसन राखिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेल जानकारी दिनुभयो । प्रशासन कार्यालयबाट २४ गते ३७ र २५ गते ४५ जनाले मतदाता नामावलीमा आफ्नो विवरण दर्ता गराएका छन् । निर्वाचन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.