Alag Dhar

पर्सामा हैजाविरुद्धको खोप अभियान

मकवानपुर ।सरकारले आइतबार (असोज २६ गते ) देखि पर्सा जिल्लामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आइतबारदेखि जिल्लाको सबै पालिकामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको जानकारी दिनुभयो ।

यो खोप एक वर्षमाथिका सबैलाई दिइने उहाँको भनाइ छ । यो अभियानमा खोप एक पटक खुवाइने छ । खोप सुरक्षित भएकाले ढुक्क भएर खान उहाँको आग्रह छ । खोपबारेमा थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह सकिन्छ ।

त्यस्तै, सरकारले असोज २८ गतेदेखि बारा जिल्लाका ६ वटा स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । सरकारले बारा र पर्सा गरी दुईवटा जिल्लाका एक वर्षमाथिका १० लाखलाई खोप खुवाउने लक्ष्य लिएको छ । यी जिल्लामा गत भदौ महिनादेखि हैजाको प्रकोप फैलिएको थियो । हैजा फैलिएका जिल्लामा रोगको दीर्घकालीन नियन्त्रण र रोकथामका लागि यो प्रतिकार्य खोप अभियान सञ्चालन गरिएको डा। लालले जानकारी दिनुभयो ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.