Alag Dhar

सूचना विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छः मन्त्री खरेल

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताउनुभएको छ । विभागको अनुगमन निरीक्षणपछि आज आयोजित कार्यक्रममा उहाँले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नुपरेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “यो दर्ता प्रक्रिया सम्भवतः तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरुले झण्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।”

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मनसुनसम्बन्धी विपद् र दसैं परेकाले प्रक्रियागत रुपमा मिलाउनु पर्ने भएकाले केही समय लागेको जनाउँदै मन्त्री खरेलले आगामी मन्त्रिपरिषद्बाट निर्णय भएपछि राजपत्रमा प्रकाशित हुनासाथ दर्ता र नवीकरण प्रक्रिया अघि बढने विश्वास दिलाउनुभयो ।

अरु सरकारी निकायजस्तो ढिलासुस्तीको अनुभूति सूचना प्रविधि विभागसँग नरहेको जनाउँदै उहाँले जनता र पत्रकारसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले सबै सेवाग्राहीलाई विधि र प्रक्रियाको सहजीकरणमा आवश्यक सहयोग हुँदैआएको बताउनुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “तपाईंहरुले गर्ने सेवा, सुविधा र व्यवहारले पत्रकार र जनतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । सीमित स्रोत, साधन र जनशक्तिबिचमा पनि राम्रो सेवा प्रवाह भएको छ । अनलाइन नवीकरण यहीँबाट होस् भन्ने चाहना राखेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।”

उहाँले वर्तमान सरकारलाई प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने तथा सुशासनको अनुभूत हुनेगरी काम अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो । सरकारले जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने र मन्त्रालय मातहतका निकायमा परिणाम आउने काम अघि बढाइ आगामी दिनमा सेवा प्रवाहलाई छिटो र सरल तुल्याउने आधारशिला स्थापित गर्न हरसम्भव प्रयत्न हुने दृढता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव राधिका अर्यालले अनलाइन मिडिया दर्ता र नवीकरण तथा पत्रकारका अन्य माग मुद्दालाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । विभागका महानिर्देशक उदयबहादुर रानामगरले विभागले सञ्चारकर्मीको हकहित र सहजीकरणका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.