Alag Dhar

मेची राजमार्गको वैकल्पिक सडक खोलिदै

मकवानपुर ।मेची राजमार्ग अवरुद्ध भएको सात दिन बित्दा पनि सडक सूचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ ।

मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सकडमा भित्रभित्रै जमिन बग्ने समस्या निरन्तर भएपछि तत्कालको समाधानका लागि गोदक सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरिएको सडक डिभिजन प्रमुख पवन भट्टराईले बताउनुुभयो ।

यो मार्गलाई यसअघि पनि वैकल्पिक मार्गका रुपमा तयार गरिंदैआएको थियो । यही मार्गमा पर्ने जोगमाई खोलामा एक करोड ९१ लाख रुपियाँको लागतमा गएको असारमा मात्र हालिएको बेली ब्रिज गएको असोज १८ को बाढीले बगाएपछि इलाम सदरमुकाम जोड्ने वैकल्पिक सकड समेत अवरुद्ध बनेको थियो ।

यता माइखोलामाथिको सडकको ट्याक खोल्ने काम भइरहे पनि तत्काल सवारीलाई प्रवेश गराउन जोखिम रहेको डिभिजन प्रमुख भट्टराईको भनाइ छ । ‘अब जोगमाईमा ह्युुमपाइप राखेर सडक खोल्न आजबाट काम थालेका छौं । राजदुवाली खण्डको मर्मत पनि कायम रहन्छ । ताप्लेजुुङसम्मको जनजीवन कस्टकर नहोस् भनेर वैकप्लिक मार्ग तयारी गर्न थालेका छौं । यहाँबाट चाँडै सवारी पास गराउने लक्ष्य छ ।’

यता सिमल गोलाई–तिल्केनी सडकमा गएको आर्थिक वर्षमा सात किलोमिटर ग्राभेल, एक किलोमिटर सोलिङ, पाँच स्थानमा ह्युमपाइप र साँघुरो गोलाई चौडाको कामको ठेक्का लागेको थियो । कूल लागत तीन करोड ४६ लाख १४ हजार ३८८ रुपियाँ रहेको यो सडकमा गएको आर्थिक वर्षमा १९ दशमलव ५५ प्रतिशत बित्तीय प्रगति रहेको डिभिजन कार्यालयले जनाएको छ ।

२०८२ वैशाख १९ गते ठेक्का सम्झौता भएको यो सडकको असार २० गतेभित्र काम सक्नुपर्ने थियो । पूर्वाञ्चल नेपाल सिंग जेभीले ठेक्का लिएको यो सडकमा अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । अब यही सडकको मर्मत र स्तरोन्नत्ति नै तत्काल पूर्वी पहाडका लागि उत्तम विकल्प रहेको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालले बताउनुुभयो ।

हिजो मात्र मेची राजमार्गको स्थलगत अवलोकनको क्रममा मन्त्री कुलमान घिसिङलाई जिल्लास्थित अन्य सरोकारवालाले वर्षौंदेखि करोडौं रुपियाँ माटोमा बगेको भन्दै राजदुवाली खण्डको विकल्प खोज्न आग्रह गरेका थिए ।

मुख्य समाचार

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

आज केही ठाउँमा हावाहुरीसहित पानी पर्ने

काठमाण्डौं । आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका ...
विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

विभिन्न राजनीतिक दल र विज्ञबीच संविधान संशोधनबारे छलफल

काठमाडौँ।  संविधान संशोधनका विषयमा संविधान संशोधन कार्यदल तथा विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल भएको छ । ‘फेडरालिजम एण्ड लोकला...
बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

बाग्मती प्रदेशसभा सदस्य खेलकुद र शिक्षामा उत्कृष्ट पुरस्कृत र सम्मानित गरियो

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयले भौतिक पूर्वाधारसंगै शिक्षा र खेलकुद क्षेत्रमा गरेको क्रियाकलाप अनुशरण योग...
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ७ जना सम्मानित

हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्थालाई सम्मान गरेको छ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.