Alag Dhar

इलामको सूर्योदयका सबै कर्मचारीको एक दिनको तलब बाढीपीडितलाई

मकवानपुर । इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ । १९ गते बिहानैदेखि मुख्य मेची राजमार्ग खुलाउन लागेको नगरले हालसम्ममा नगरका १४ वटै वडाको क्षतिगस्त सडक खुलाइसकेको छ ।

नगरले नगर क्षेत्रभित्र मृत्यु भएका परिवारका सदस्यलाई दुई लाखका दरले आर्थिक सहयोग गरिसकेको छ भने ४० बढी विस्थापितलाई प्रारम्भिक चरणको राहत वितरण गरिसकेको नगरका विपद् फोकल पर्सन सिर्जन गदालले जानकारी दिनुभयो ।
नगरले तत्कालै प्रकोप व्यवस्था कोष स्थापना गरेको छ । बाढीपहिरो प्रभावितलाई सहयोग गर्नका लागि सुरुमा नगरका कर्मचारी, वडा कर्मचारी र स्वास्थ्यकर्मीले एक दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेका थिए । नगरमा स्थायी र करार गरी २८० जना कर्मचारी छन् । सरदर एक हजारका दरले जम्मा हुँदा दुई लाख ८० हजार रकम कोषमा जम्मा भएको फोकल पर्सन गदालले जानकारी दिनुभयो ।

यस्तै नगरभित्र सामुदायिक विद्यालयका सबै प्रकारका शिक्षक र विद्यालय कर्मचारी गरी ५५१ जना छन् । सरदर एक हजारका दरले कोषमा रकम जम्मा हुँदा विद्यालय क्षेत्रबाट पाँचलाख ५१ हजार रुपियाँ जम्मा भएको छ ।

नगरको प्रकोप कोषमा निजी नम्बरी आवाधी(गोलिया) व्यवसायीले नगद एक लाख जम्मा गरेका छन् । यस्तै, छिपिटार टोल विकास संस्थाले नगद १० हजार जम्मा गरेको छ । सूर्योदयका एक व्यक्तिले नाम नखुलाउने सर्तमा नगद ५१ हजार जम्मा गर्नुभएको छ ।

नगर क्षेत्रमा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु भएको थियो । यस्तै सूर्योदयकै एक महिलाको भारतको मिरिक गएको अवस्थामा मिरिकको पहिरोमा परी मृत्यु भएको थियो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले प्रभावितलाई सहयोग गर्ने काम आफैँबाट थाल्नुपर्छ भन्ने उद्देश्यले नगरका सबै कर्मचारीले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको बताउनुभयो । सबै रकम जम्मा गर्दा नगरको कोषमा नौ लाख बढी रकम जम्मा भइसकेको छ ।

नगरप्रमुख रणबहादुर राईले विपदको समयमा जनप्रतिनिधि, कर्मचारी र नगरवासीको ठुलो सहयोगले छिट्टै समस्या समाधान गर्ने काम सम्पन्न भएको बताउनुभयो । उहाँले आगामी दिनमा विपद प्रतिकार्यका लागि पूर्व तयारी र उपकरणमा समेत ध्यान दिइने बताउनुभयो ।

नगरमा उलपब्ध हुँदै आएको श्रीखोलाको पानीको मुहान र पाइप लाइनमा क्षति गरेपछि नगर क्षेत्रमा एक सातादेखि पिउने पानीको अभाव छ । पानीको अभाव भएपछि बजार क्षेत्रमा नगरले पानी वितरण गरिरहेको छ ।

नगर उपप्रमुख तथा फिक्कल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका संयोजक दुर्गाकुमार बरालले धेरै ठाउँमा पानीका पाइप बगाएका कारण मर्मतको काम भइरहेको जानकारी दिनुभयो । उहाँले खानेपानीमा मात्र बाढीपहिरोले डेढ करोडभन्दा बढीको क्षति गरेको जानकारी दिनुभयो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.