Alag Dhar

बाँकेमा थप चार सय १५ मतदाता थपिए

मकवानपुर । बाँकेमा विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु भएपछि हालसम्मको अवधिमा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार असोज महिनाको पहिलो सातादेखि सुरु भएको विशेष नामावली सङ्कलनमा हालसम्म सो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार दर्ता गराउनेमध्ये अधिकांश युवापुस्ताका छन् ।

उहाँले भन्नुभयो, ‘नामावली सङ्कलन दैनिक रूपमा बढ्दै गएको छ । त्यसमा पनि ३५ वर्ष मुनिका उमेर समूहका व्यक्तिहरूको सहभागिता बढी छ ।’ निर्वाचन कार्यालयले असोज ६ गतेदेखि स्थानीय तहहरूलाई पत्राचार गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य अघि बढाएको हो ।

कार्यालयले नागरिकता प्रमाणपत्र, विवाह प्रमाणपत्र लगायत आवश्यक कागजातका आधारमा बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई पनि दर्ता गर्न सकिने व्यवस्था गरेको छ । निर्वाचन अधिकारी शाहीका अनुसार हाल बाँकेमा ३ लाख ३३ हजार ९ सय ३४ मतदाता दर्ता भएका छन् । तीमध्ये एक लाख ६९ हजार ८ सय ७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र ९ जना अन्य मतदाता रहेका छन् ।

उहाँका अनुसार यस पटकको प्रक्रिया विगतको सामान्य नामावली सङ्कलनभन्दा फरक ढङ्गले गरिएको छ । एक साताको अवधिमा ४० जनाको नाम अद्यावधिक तथा त्रुटि सच्चाउने काम भएको र १७ जनाको स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

आयोगका अनुसार अनलाइनमार्फत नाम दर्ता, अद्यावधिक र त्रुटि सच्याउने कार्य भइरहेको छ । बाँके जिल्लाभित्र नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकाबाट सर्वाधिक नागरिकले नाम दर्ता गराएका छन् ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.