Alag Dhar

जुम्लामा मार्सी धान काट्न सुरु

मकवानपुर । जुम्लामा किसानहरूले ‘मार्सी धान’ काट्न सुरू गरेका छन् । दसैँ सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो सुरु भएको हो ।

जुम्लाका किसान मार्सी धान, सिमी भित्र्याउने काममा व्यस्त भएका छन् । पाकिसकेको धान समयमा नकाटेपछि झर्ने र गाईवस्तुले खाने डरले किसान अहिले खेतबारीमा भेटिन थालेका छन् । खलङ्गाको छिनासिम, देपालगाउँ, विमानस्थल क्षेत्र, सिँजा क्षेत्रका ज्युलोमा धान काट्ने काम सुरु भएको छ ।

यता चन्दननाथ नगरपालिका–४ सिंगाचौरका किसान श्री बहादुर सार्कीले काट्न सुरु गरिएको जानकारी दिनुभयो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जिल्लाका अधिकांश स्थानमा मार्सी धान काट्न सुरु गरिएको जानकारी दिनुभयो । स्थानीय तहमा मार्सी धान के कस्तो अवस्थामा छ र उत्पादनको अवस्था नमुना लिनलाई प्राविधिक टोली खटिएको पनि उहाँले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालयका अनुसार आव २०८०-८१ मा जुम्ली मार्सी धान तीन हजार तीन हजार मेट्रिक टन उत्पादन भएको थियो । उहाँका अनुसार जसमध्ये दुई सय मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको थियो । जुम्लाको तातोपानी, गुठिचौर, पातारासी, चन्दननाथ, सिँजा र हाँकु क्षेत्रका किसानहरू अहिले खेतमै रमाइरहेका छन् ।
करिब दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइमा खेती हुने मार्सी धान जुम्लाको पहिचान मात्रै होइन गौरव पनि बनेको छ । मार्सी धान नेपालकै सबैभन्दा उच्च स्थानमा फल्ने प्रजाति हो ।

यसको विशेषता भनेको चिसो मौसम र पहाडी भूगोलमा पनि राम्रोसँग फल्ने क्षमतामा छ । यस धानको दाना सानो, रातो रङको हुन्छ र स्वादमा मीठो हुन्छ । स्थानीय किसानहरूका अनुसार यो वर्ष समयमै वर्षा भएकाले उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । तातोपानी गाउँपालिकाका किसान हर्क बुढाका अनुसार, गत वर्षभन्दा यसपटक धानको बाली राम्रो छ । मौसम साथ दिएपछि अन्न राम्रोसँग पाकेको छ ।

मुख्य समाचार

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० ले बढेको छ भने चाँदी ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.