Alag Dhar

फूल किसानको गुनासो : उचित मूल्य पाएनौं, सरकारले तोकिदेओस्

मकवानपुर । नेपाली किसानहरुले मखमली फूलको मालाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । साथै उनीहरुले मूल्य निर्धारण गरिदिन पनि माग गरेका छन् ।

भक्तपुर गुण्डुका किसान सहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको बताए ।

पछिल्लो तीनरचार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनको भनाइ छ। ‘१० वर्ष अगाडिसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला बिक्री हुन्छ,’ उनले भने ।

गुण्डुकै किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको उचित मूल्य नपाएको बताइन् ।

२० वर्षदेखि मखमलीको खेती गर्दै आएको बताउने थापाले भनिन्, ‘मूल्य नै नभएकाले मालामा खासै नाफा कमाउन सकिएन ।’

उनले मालाको मूल्य निर्धारण गरिदिन सरकारसँग माग पनि गरिन् । सरकारले दशैंमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्छ,’ उनले भनिन् ।

मखमली फूलको बीउ समेत गुणस्तरीय नभएको, किरा धेरै लाग्ने गरेको गुनासो पनि उनको छ ।

अर्की किसान निर्मला बस्नेतले गत वर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको र व्यापारीहरु घरमै आएर किनेर लैजाने गरेको बताइन् । गत वर्ष दुई हजार वटा माला बेचेको बताउने उनले भनिन्, ‘यस वर्ष अहिलेसम्म १ हजार २ सय वटा माला बेचिसकेँ ।’

गुण्डुका राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको गुनासो गरे । उनीहरुको भनाइ छ, ‘विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या छ, सरकारले मूल्य निर्धारण गरिदिनुपर्छ ।’

मुख्य समाचार

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडामा संविधान दिवस : नागरिक अधिकार कार्यान्वयनमा मुख्यमन्त्री थापा मगरको जोड

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दिवसका अवसरमा मुख्य...
हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा दोस्रो नगरस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । शनिवार ११ औं संविधान दिवसको अवसरमा ह...
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीका आश्रित परिवार ल्याउन कडाइ

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने तयारी गरेको छ । नयाँ व्यवस्थाअनुसार ...
सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ । आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक आह्वान भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.