Alag Dhar

अदुवाले मूल्य नपाएपछि किसान चिन्तित

मकवानपुर । तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटका किसानले अदुवाको मूल्य नपाएपछि बारीमा रहेको अदुवा खनेका छैनन् । छिल्लीकोटका करिब ६५ घर धुरीका किसानहरूले व्यावसायिक रूपमै बारीमा अदुवा खेती गर्दै आएका छन् ।

तुलसीपुर १९ छिल्लीकोट खानी गाउँका किसान परवीर पुनले यस क्षेत्रमा वार्षिक रूपमा तीन सय पचासदेखि चार सय क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आएको बताउनुभयो । पुनका अनुसार गत वर्ष किसानहरूले १२ हजार प्रति क्विन्टल बारीबाटै बिक्री गरेका थिए । तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले अदुवाको बजार मूल्य पाँच हजार प्रति क्विन्टल छ । घिमिरेका अनुसार गतवर्ष किसानबाट प्रति क्विन्टल २३ हजार रुपियाँमा खरिद गरिएको थियो ।

तुलसीपुर १९ खानीगाउँकै सबैभन्दा बढी अदुवा खेती गरेका भोजराज पुनले बजार मूल्य नपाएपछि अदुवा बारीमै रहेको बताउनुभयो । पुनले भन्नुभयो, बजार मूल्य नै छैन, अदुवा खनेर के गर्ने, त्यही भएर बारीमै रहन दिएका छौँ । पुनले २०५२ सालदेखि व्यावसायिक रूपमै अदुवा खेती गर्दै आउनुभएको छ । पुनका अनुसार यो वर्ष २५ क्विन्टल अदुवा उत्पादन हुने बताउनुभयो ।

अदुवा बिक्री नभएपछि लामो समयसम्म सुरक्षित राखेर बिक्री गर्नका लागि सुठो समेत बनाएर राख्ने गरेको पुनले बताउनुभयो । पुनका अनुसार सुठो प्रति क्विन्टल ३५ हजारदेखि ४० हजारसम्म बिक्री हुने गरेको छ ।

छिल्लीकोटका किसानहरूले मालागेडीपछि अदुवाको व्यवसायिकरूपमा खेती गर्दै आएका छन् । भिरालो जमिनमा अदुवा राम्रो फल्ने गरेको अर्का किसान विकास खड्काले बताउनुभयो । खड्काले करिब १२ कठ्ठा जग्गामा अदुवा खेती गर्नुभएको छ ।a

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.