Alag Dhar

तिहारका लागि झिलिङ्गा रोटी

मकवानपुर । तिहार नजिकिएसँगै तिहारलक्षित विभिन्न किसिमका रोटीहरू बनाउन महिला उद्यमीहरूलाई भ्याइनभ्याई छ । महिला उद्यमीहरूले तिहारलक्षित विभिन्न किसिमका रोटीहरू बनाएर बिक्री वितरण गर्दै आएका छन् ।

चाडवाड नजिकिएसँगै हरेक नेपालीका घर–घरमा विभिन्न प्रकारका रोटीहरू बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको चलन हो ।

पछिल्लो समय गाउँभन्दा सहरका मानिसको जीवन अत्यन्तै व्यस्त हुँदै गइरहेको छ । घरका सम्पूर्ण सदस्यहरू कतै न कतै व्यस्त भएका छन् । यस्तै व्यस्त मानिसलाई लक्षित गर्दै नेपालगन्जका एक महिला उद्यमीले तिहारका लागि झिलिङ्गा रोटी उत्पादन गर्नुभएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१२, कोरियनपुरकी महिला उद्यमी श्वेता गुरुङले चाडवाडका लागि झिलिङ्गा रोटी तयार गर्नुभएको हो । नेपालीको दोस्रो ठुलो पर्व तिहारलक्षित गरेर आफ्नै घरमा शुद्ध तथा अर्गानिक झिलिङ्गा रोटी तयार गरिएको गुरुङले बताउनुभयो ।

विगत चार वर्षदेखि तिहारका समयमा झिलिङ्गा रोटी मात्रै बनाएर बिक्री वितरण गर्दै आउनुभएकी गुरुङले पछिल्ला वर्षहरूमा यस रोटीको माग पनि बढी भएको र उत्पादन पनि बढी गर्दै आएको बताउनुभयो । “प्रत्येक तिहारमा झिलिङ्गा रोटीहरू बनाएर बिक्री वितरण गर्दै आइरहेको छु, अहिलेको समयमा मानिसहरू अत्यन्तै व्यस्त हुन्छन्, मनले चाहेर पनि चाडवाडका बेलामा आवश्यक रोटीहरू बनाउन सक्दैनन् । उहाँहरूलाई लक्षित गरेर प्रत्येक वर्षको तिहारमा रोटी बनाएर बिक्री वितरण गर्दै आइरहेको छु,” गुरुङले भन्नुभयो ।

“पहिलापहिला नेपालगन्जबाट मात्र माग हुन्थ्यो सोही अनुसार कम मात्रामा बनाउँथ्यौँ, तर पछिल्लो समयमा बर्दिया, दाङ तथा सुर्खेतलगायत धेरै जिल्लाहरूमा समेत माग आउन थालेको छ ।” गुरुङले भन्नुभयो, “नेपालगन्जभरि निःशुल्क होम डेलिभरी सुविधा दिएका छौँ, बाहिरी जिल्लाबाट आफैँ साधनको बन्दोबस्त गर्नुहुन्छ, उहाँहरूले थोकमा लिएर जानुहुन्छ र खुद्रामा बिक्री गर्नुहुन्छ ।”

उपभोक्ताको स्वास्थ्यप्रति पनि सचेत हुँदै सोहीअनुसारको शुद्ध सामग्री प्रयोग गरेर रोटी बनाउने गरेको उहाँको भनाइ छ । “हामीले शुद्ध चामलको पिठोबाट यो रोटी बनाउँछौँ, पूर्णरूपमा स्वस्थ र अर्गानिक छ । एकपटक हामीकहाँबाट लिनुभएको ग्राहकले पुनः माग गर्नुहुन्छ,” उहाँले भन्नुभयो, “कसैकसैले कनिकाबाट पनि बनाउँछन् तर हामी त्यसो गर्दैनौँ चामलबाट नै बनाउँछौ, ग्राहकको स्वास्थ्यप्रति पनि हामी सचेत छौँ ।”

तिहारलक्षित रोटी बनाएपनि सिजनको समय बिहेबारी, पूजाआजालगायतका कार्यहरुमा उपभोक्ताहरूले अर्डर गर्ने गरेको र अर्डरअनुसार झिलिङ्ग रोटी बनाइदिने गरेको पनि उहाँले बताउनुभयो । महिला उद्यमी गुरुङले १ केजी झिलिङ्गा रोटीको खुद्रा पाँच सय रुपियाँ र थोकमा चार सय रुपियाँमा बिक्री गर्दै आएको बताउनुभयो ।

झिलिङ्गा रोटी चाडवाडको समयमा धेरैले प्रयोग गर्ने गर्दछन् । झिलिङ्गा रोटीलाई आफ्नो ठाउँअनुसार कसैले झिनिया कसैले सिन्कामारी भनेर चिन्ने गर्छन् ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.