Alag Dhar

चिनियाँ वैज्ञानिकद्वारा आवाज चिन्न सक्ने प्रविधियुक्त कपडाको विकास

मकवानपुर । अनुसन्धानकर्ताले आवाज पहिचान गर्न सक्ने प्रविधियुक्त विशेष कपडा विकास गरेका छन्, जसले कृत्रिम बौद्धिकता (एआई) सँग जोडिएर दैनिक जीवनमा स्मार्ट सुविधा पुर्याउने नयाँ सम्भावना देखाएको छ ।

यो नवीन कपडाले मानिस बोल्दा लुगामा उत्पन्न हुने स्थैतिक विद्युतीय आवेशलाई समातेर प्रवद्र्धन गर्छ, जसले एआई प्रणालीलाई (भवाइस कमाण्ड) चिन्न सहज बनाउँछ । सुछौ विश्वविद्यालयका अनुसन्धानकर्ताको नेतृत्वमा विकास गरिएको उक्त कपडालाई ‘ए-टेक्सटाइल’ नाम दिइएको छ ।

परम्परागत कडा र भारी आवाज उपकरणभन्दा फरक, यो कपडा नरम, लचिलो, हल्का र धुन योग्य छ । यस कपडामा ३-डी टिन-सल्फाइड न्यानोफ्लावर, सिलिकन रबर र ग्राफाइट-जस्तै कार्बनयुक्त पदार्थ प्रयोग गरी बहुपरत संरचना तयार पारेका छन्, जसले आवेश सङ्कलन गर्ने क्षमतालाई अझ प्रभावकारी बनाउँछ ।

परीक्षण अनुसार, उक्त कपडाले ९७.५ प्रतिशतसम्मको आवाज पहिचान सफलता हाँसिल गरेको छ । यसमार्फत आवाज आदेश प्रयोग गरी घरका विद्युतीय उपकरण टाढैबाट नियन्त्रण गर्न सकिन्छ । यस कपडाबाट स्मार्टफोन एप पनि सञ्चालन गर्न सकिन्छ । अनुसन्धानले लुगामार्फतै एआईसँग अन्तरक्रिया गर्ने यो प्रविधि भविष्यमा स्मार्ट कपडा र धेरै उपयोगी मोबाइल सहायकको रूपमा प्रयोगमा ल्याउन सकिने देखाएको छ ।

मुख्य समाचार

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडामा ४७ वर्षीया महिला आफ्नै घरमा मृत फेला हेटौंडामा घरभित्रै महिलाको शव फेला

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१ चाइना क्वाटरमा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । बागमती प्रदेश प्रहरी कार...
अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

अण्डाको माग बढ्यो, समर्थन मूल्य पनि उक्लियो

काठमाण्डाै । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य पनि बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण...
सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त

काठमाण्डौ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ...
सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

सुदूरपश्चिमको खप्तडमा पछिल्लो ६ घण्टामा ४४.२ मिलिमिटर वर्षा

काठमाण्डौ  । कोशी र मधेश प्रदेशबाहेक देशका सबैजसो प्रदेशमा गएराति पानी परेको छ । यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.