Alag Dhar

रौतहटमाद पानीमा डुबेर बेपत्ता भएका तीनजनाको शव फेला

मकवानपुर । रौतहट जिल्लाको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीनजनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ ।

सोही जिल्लाको राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी वेपत्ता भएका थिए ।

सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, घटनाबारे जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरुको सहयोगमा उनीहरुको शव खाल्डोबाट बाहिर निकालेको हो ।

उनीहरुसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिता कुमारी बैठालाई भने स्थानीय बासिन्दाहरुले सकुशल उद्धार गरेका छन् ।

मुख्य समाचार

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा आज हस्ताक्षर हुने बताउनुभएको छ । सामाजिक ...
देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

देशभर आंशिकदेखि सामान्य बदली, धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौं । आज देशका हिमाली तथा पहाडी भागका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वि...
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढीले सेवा लिए

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपा...
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन ज...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.