Alag Dhar

चार्जमा राखेको मोबाइल पड्किँदा घर आगलागी

मकवानपुर । मकवानपुरको राक्सिराङमा चार्जमा राखेको मोबाइल पड्केर घर आगलागी भएको छ । राक्सिराङ गाउँपालिका–७ झ्याङजुवाङमा सोमबार दिउँसो सोलारको ब्याट्रीमा मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको ब्याट्री पड्केर शेरबहादुर प्रजाको घरमा आगलागी भएको भएको हो ।

मोबाइलको ब्याट्री पड्किन गई कुर्सिमा आगलागी हुँदा सोही आगोबाट ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको कच्ची घरमा आगो सल्किन जाँदा घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामानहरू जली पूर्ण रूपमा क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घरबाट नागरिकता निकाल्ने क्रममा २६ वर्षीय प्रजाको दाहिने कान र घाँटीमा आगोले पोलेको छ । पोलेर घाइते भएका प्रजाको घरायसी उपचार गरिएको छ । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण खुल्न सकेको छैन । घटना भएको स्थान विकट रहेकाले थप जानकारी लिनका लागि प्रहरी चौकी कान्द्राङबाट प्रहरी गइरहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताउनुभयो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.