२०८२ आश्विन २८, मंगलवार ११:४५
२०८२ आश्विन २८, मंगलवार ११:४५
मकवानपुर । विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सको पेरिसमा अक्टोबर १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा स्वनिम मानन्धरले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ । महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेश गर्नुहुनेछ । खेलाडीसहित ६ सदस्सीय नेपाली टोली बुधबार फ्रान्स जानेछ । स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने…