Alag Dhar

विश्व कराते छनोटमा नेपालका चार खेलाडी

मकवानपुर । विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

फ्रान्सको पेरिसमा अक्टोबर १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा एक पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा स्वनिम मानन्धरले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नुहुनेछ ।

महिला ६८ केजीमाथि एरिका गुरुङ, ५० केजीमुनि वर्षा बुढा र ५५ केजीमुनि सविना श्रेष्ठले चुनौती पेश गर्नुहुनेछ । खेलाडीसहित ६ सदस्सीय नेपाली टोली बुधबार फ्रान्स जानेछ ।

स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष ६ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपमा छनोट हुनेछन् ।

विभिन्न १२ स्पर्धा समावेश छनोटमा पाँच सय ४९ खेलाडी सहभागी हुने छन् । नेपालबाट सानुमाया थिङले भने इजिप्टको यात्रा पक्का गरिसक्नुभएको छ ।

टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ हुनुहुन्छ । पेरिसमै अक्टोबर १६ मा हुने प्रशिक्षक परिक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जानुहुनेछ ।

मुख्य समाचार

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

३३ जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरुमा बहाव बढ्न सक्ने

काठमाण्डौ ।  बाढी पूर्वानुमान महाशाखाले आउँदो तीन दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ्ने पूर्वानुमान गरेको छ । महाशाखाल...
१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

१ हजार ६०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ । कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ ...
नेप्से परिसूचक ७ अङ्कले घट्यो

नेप्से परिसूचक ७ अङ्कले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घ...
हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति

इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वेशम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.