Alag Dhar

शिविरबाट एक हजार ३७५ लाभान्वित

मकवानपुर । जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो ।

शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको परीक्षण तथा आँखाका जटिल बिरामीको सिफारिस गरिएकामा असोज २३ गतेदेखि चार दिनसम्म जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शल्यक्रिया तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको जैमिनीका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

“यस प्रकारको विशेषज्ञ सेवा लिन नगरवासीले करोडौँ खर्चनु पर्दथ्यो, हाम्रो पहलमा गाउँमै निःशुल्क विशेषज्ञ सेवा दिइएको छ, आँखाको शल्यक्र्रिया सहरमा महँगो पर्दथ्यो, शिविरले गाउँमै निःशुल्क बनायो”, शर्माले भन्नुभयो, “शल्यक्रियासहितको पहिलो शिविर जैमिनीमा भएको हो, विशेषज्ञ चिकित्सकसहित दुई दर्जन बढी स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।”

शिविरमा स्त्रीरोग विशेषज्ञ डा। केशव भुर्तेल, हिमालय आँखा अस्पतालका प्रमुख डा. हरिविक्रम अधिकारी, रेडियोलोजिष्ट डा। कालु शर्मालगायत स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।

शिविरमा एक हजार १३६ जनाको आँखाको परीक्षण गरेकामा ५८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । यस्तै आँखाको परीक्षणपश्चात् ४५० जनालाई निःशुल्क चश्मा र आवश्यकताअनुसार औषधि वितरण गर्नुका साथै स्त्रीरोगसम्बन्धी परीक्षणमा दुई सय ३९ जना महिलाले सेवा लिएकामा दुई सय आठ जनाको भिडियो एक्सरे गरिएको थियो ।

मुख्य समाचार

आज ३४ जिल्लामा बाढीको जोखिम

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाण्डौं । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, ...
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा रु ४०० बढेको छ । चाँदी ९० ...
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामनजिक सिमखोलाको बाढीले बगाएका स्कुटर चालक मृत फेला परेका छन् । ...
स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

स्याङ्जामा गोठ भत्कँदा एकजनाको मृत्यु

वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–६, पिडीखोलामा गोठ भत्कँदा एकजनाको मृत्यु भएको छ । भैँसी तथा बंगुरलाई कुँडोपानी दिने क्रममा ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.