Alag Dhar

कांग्रेसमा विशेष महाधिवेशन माग : दुई हजार ४८८ जनाको हस्ताक्षर

मकवानपुर । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज हस्ताक्षर बुझाइदै छ ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा बुधबार दिउँसो हस्ताक्षर बुझाउने कार्यक्रम रहेको छ । केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार कुल चार हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ४८८ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका छन् ।

विभिन्न कारणले १९० जना महाधिवेशन प्रतिनिधि नभएको जानकारी दिँदै उहाँले ५२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गर्नुभएको छ ।

७७ जिल्ला र विदेश क्षेत्रबाट हस्ताक्षर सङ्कलन गरिएको उहाँको भनाइ छ । कांग्रेसको नियमित महाधिवेशन आगामी मङ्सिरमा गर्नुपर्ने भए पनि महाधिवेशनको टुंगो नलागेपछि विशेष महाधिवेशनको माग भएको हो । कांग्रेसको विधान अनुसार एक वर्ष अवधि थप गर्न सकिने व्यवस्था छ ।

विशेष महाधिवेशन बोलाउने वा नियमित महाधिवेशन गर्ने भन्ने निर्णय बिहीबारबाट सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ ।

पार्टी सभापति शेरबहादुर देउवाले मङ्गलबार पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ ।

मुख्य समाचार

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

श्रम रोजगार तथा यातायातमा शून्य सहनशीलताको नीति अवलम्बन : मन्त्री थापा

हेटौंडा । बागमती प्रदेशको श्रम,रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुख तथा शाखा प्रमुखहरूलाई ...
रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

रक्तदान कार्यक्रम सम्पन्न, १७ जनाद्वारा रक्तदान

हेटौंडा । हेटौंडा-६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्था...
हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

हेटौँडा । आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन...
पश्चिमी वायुका कारण वर्षा र हिमपात

पश्चिमी वायुका कारण वर्षा र हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पह...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.