२०८२ आश्विन २९, बुधबार ११:५०
२०८२ आश्विन २९, बुधबार ११:५०
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो र असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकताको आवश्यकता भएकाले त्यहीअनुसार काम गर्न पार्टी पङ्क्तिलाई आह्वान गर्नुभएको छ । आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको एमालेको दशौँँ केन्द्रीय कमिटी बैठकको सुरुमै राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो । उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्ने खालको पार्टी नभएको स्पष्ट पार्नुभयो । एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गर्नुभयो । “पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश…