Alag Dhar

पोखरामा भाइटीकाका दिन महोत्सवको आयोजना

मकवापुर । संस्कृतिलाई पर्यटनसँग जोड्दै विभिन्न गतिविधि हुने पोखरामा यसपालिको तिहारको भाइटीकाका दिन महोत्सव हुने भएको छ । होटल संघ पोखरा नेपालले आगामी कात्तिक ६ गते १८ औं भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको हो ।

संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। जेनजी आन्दोलपपछि पर्यटन क्षेत्र समेत प्रभावित भएकोमा महोत्सवले थोरै भए पनि लयमा आउन सघाउने उहाँको विश्वास छ ।

भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक नेपाली परम्पराअनुसार भाइटीका लगाउने गरेका छन् । गत वर्षको भाइटीका माहोत्सवमा १२ देशका ५६ पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका थिए ।

कतिपय पर्यटक दोहो¥याएर टीका लगाउन आउने गरेको महोत्सवका संयोजक एवं सङ्घका उपाध्यक्ष गणेशराज पहारी बताउनुहुन्छ । “तिहारको सांस्कृतिक पक्ष संरक्षण गर्दै यसैका माध्यमबाट पर्यटक आकर्षित गर्ने अभिप्राय हो,” उहाँले भन्नुभयो । महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले समेत सघाउने भएका छन् ।

मुख्य समाचार

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू

काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल शुरू भएको छ । आजको बैठकमा ९ वटा मन्त्रालयको विनियोजन शीर्षकमाथि साम...
भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

भारतीय अवरोधपछि सबै चिया उद्योग बन्द

काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध सिर्जना गरेपछि इलामका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् । भ...
सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

सातवटै प्रदेशहरुको बजेट आज : सुशासन र उत्पादनमा जोड

काठमाण्डौं । सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृष...
सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

सभामुखलाई हर्कको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति कहिले हटाउनुहुन्छ भन्...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.