Alag Dhar

जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन

मकवानपुर । जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् ।

दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उहाँ विशेष रूपमा चिनिनुभएको थियो ।

सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेख्नुभयो, “जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः२८ बजे ओइटा सिटीस्थित अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको छ ।”

उहाँको गृहनगर ओइटाका सोसल डेमोक्रेटिक पार्टीका महासचिव हिरोयुकी टाकानोले मुरयामाको बुढ्यौलीका कारण निधन भएको पुष्टि गर्नुभयो ।

“जापानले आफ्नो औपनिवेशिक शासन र आक्रामकताका माध्यमबाट धेरै देशका मानिसहरूलाई, विशेष गरी एसियाली मुलुकका नागरिकहरूलाई, ठूलो क्षति र पीडा पुर्‍यायो”, पूर्व प्रधानमन्त्री मुरयामाले सन् १९९५ मा जापानको आत्मसमर्पणको ५०औँ वार्षिकोत्सवका अवसरमा जारी गर्नुभएको प्रसिद्ध वक्तव्यमा भन्नुभएको थियो, “भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिनका लागि, म गहिरो नम्रता र पश्चात्तापका साथ इतिहासका यी अकाट्य सत्यहरूलाई सम्मान गर्दछु र आफ्नो हार्दिक माफी प्रकट गर्दछु ।”

यो वक्तव्य जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराधबारे पछिल्ला वर्षहरूमा माफी माग्ने क्रममा अपनाइने एउटा स्थायी मापदण्ड बन्यो । त्यसपछि आएका प्रधानमन्त्रीहरूले पनि युद्धका ६०औँ र ७०औँ वार्षिकोत्सवहरूमा ‘गहिरो पश्चात्ताप’ र ‘हार्दिक माफी’ जस्ता शब्दहरू प्रयोग गर्दै मुरयामाको भावना पुनः दोहोर्‍याएका थिए ।

घना आँखीभौँका कारण पनि परिचित मुरयामा जापानको युद्धपछिको प्रमुख राजनीतिक शक्ति लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको गठबन्धन सरकारको नेतृत्व गर्न सफल हुनुभएको थियो ।

उहाँ १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री रहनुभयो । उहाँको कार्यकाल जापानका लागि अत्यन्त चुनौतीपूर्ण रह्यो । सन् १९९५ मा पश्चिमी जापानमा विनाशकारी भूकम्प आयो र त्यही वर्ष टोकियोको सबवेमा सारिन ग्यास आक्रमण भयो, जसमा दर्जनौँ नागरिकको मृत्यु र करिब पाँच हजार ८०० जना घाइते भएका थिए ।

मुरयामाले आफ्नो जीवनको आरम्भिक चरणमा पनि जापानको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्नुभएको थियो । सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उहाँ जापानी शाही सेनामा भर्ती हुनुभएको थियो । सन् २०१५ मा जापानको सार्वजनिक प्रसारक एनएचकेसँगको अन्तर्वार्तामा उहाँले सेनामा बिताएको समयबारे स्मरण गर्दै भन्नुभएको थियो, “सेना भनेको डरलाग्दो कुरा थियो । त्यहाँ विद्रोह वा तर्क गर्न पूर्णरूपमा निषेध गरिएको थियो ।”

उहाँले युद्धको अन्त्यतिरको कठोर अवस्थाको पनि सम्झना गर्नुभयो, “त्यो समयसम्म खाना निकै अभावमा थियो, हतियारहरू पनि समाप्तप्रायः भइसकेका थिए । हामीसँग बाँसबाट बनेका हतियार मात्र बाँकी थिए । यस्तो अवस्थामा हामी कसरी युद्ध गर्न सक्थ्यौँ भनेर सोच्दा अहिले पनि डर लाग्छ ।”

जापानको राजनीतिक इतिहासमा तोमिची मुरयामा एक यस्ता नेता रहनुभयो जसले नम्रता, आत्मालोचना र मानवताको पक्षमा आफ्नो दृढता देखाउनुभएको थियो । उहाँको निधनले जापानी राजनीतिको एउटा युगको अन्त्य भएको रूपमा लिइएको छ ।

मुख्य समाचार

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

उद्योग–पर्यटन–वन मन्त्रालय एकै छातामुनि ल्याउने योजना

हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक हेटौंडामा सम्पन्न भएको छ। समितिका सभापति आनन्द कुमार श्रेष्ठको...
भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

भुटनदेवी माविले हाेटल म्यानेजमेन्ट र शिक्षा विषय अध्यापन गराउने

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा पुरानो र उत्कृष्ट नतिजा दिलाउदै आएको भुटनदेवी माविले कक्षा ११ र १२ मा होटल म्यानेजम...
सुनको भाउ  १ हजार ३ सय रुपैयाँले घट्यो

सुनको भाउ १ हजार ३ सय रुपैयाँले घट्यो

काठमाण्डौं । सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलामा १ हजार ३ सयले घटेर आज तोलाको २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको ने...
पेस्तोलसहित एक युवक पक्राउ

पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४ वर्षीय श्याम कुँवर भन्ने स...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.